काठमाडौं– डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। लिभरपुलले वुल्भ्सविरुद्ध १–० गोलको जित निकालेको हो।
सोमबार राति घरेलु टिम वुल्भ्सविरुद्धको जितमा डिएगो जोताले गरेको गोल नै जितको आधार बन्यो। घरेलु टिम वुल्भ्सले लिरभपुलविरुद्ध राम्रो खेले पनि गोल गर्न भने सकेन। पहिलो हाफको अन्तिम समयमा जोताले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए।
यही अग्रता कायमै राख्दै लिभरपुलले जित निकालेको हो। यो जितले लिभरपुललाई निकै राहात मिलेको छ। च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगे पनि प्रिमियर लिगमा भने लिरभपुलले खराब प्रदर्शन गरिरहेको छ।
करिब उपाधि दौडबाट आश गुमाइसकेको लिरभपुलको अवको यात्रा भने अन्तिम चार हो। अन्तिम चारमा पुग्नका लागि वुल्भ्सविरुद्धको जितले केही राहात मिलेको छ। वुल्भ्सलाई पराजित गर्दै लिगको छैटौं स्थानमा उक्लिएको लिभरपुलको २९ खेलबाट ४६ अंक छ। पराजित वुल्भस भने लिगको १३ औं स्थानमा छ। वुल्भ्सको २९ खेलबाट ३५ अंक छ।
लिगको शीर्ष स्थानमा भने म्यानचेस्टर सिटी रहेको छ। सिटीको ३० खेलबाट ७१ अंक छ। लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २९ खेलबाट ५७ अंक हुँदा तेस्रो स्थानमा रहेको लेस्टर सिटीको समान खेलबाट ५६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।