काठमाडाैं- कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले सचिवको असहयोगका कारण कार्यसम्पादन प्रगति कमजोर भएकाले हटाउन माग गरेका छन्।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेख्दै रावलले सचिव लोकनाथ पौड्यालले मन्त्रालयको कामलाई प्राथमिकता नदिएर व्यक्तिगत कामलाई महत्व दिएको उल्लेख गरेका छन्।
सचिवले जिम्मेवारी र दायित्वलाई सिरानी हालेर सुतेको रावलले आरोप लगाएका छन्। सचिव पौड्यालले चालु आर्थिक वर्षको अन्तिमतिर आउँदा समेत मन्त्रालयको काममा 'सिन्को नभाँचे'को मन्त्रीको गुनासो छ।
मन्त्री रावलले सचिव पौड्याललाई संघीय मन्त्रालयमा फिर्ता गर्न माग गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।