काठमाडाैं- म्यानमारको सेनाले फेब्रुअरीको सबैभन्दा भयावह विरोध प्रदर्शनपछि मार्शल ( सैन्य) कानून लागू गरेको छ। आइतबार सेना र प्रहरीले विभिन्न क्षेत्रमा प्रदर्शनकारीहरु माथि गोली चलाउँदा कम्तिमा ५० जना व्यक्तिको मृत्यु भएको बताइएको छ। सबैभन्दा बढी मृत्यु यङ्गुन सहरमा भएकाे बीबीसीले जनाएकाे छ।
सेनाले आइतबार चिनियाँ व्यापारीलाई हमला गरेपछि देशको सबैभन्दा ठूलो सहर यङ्गुनको दुई जिल्लामा सैन्य कानून घोषणा गरेकाे थियाे। सोमबारबाट यङ्गुन र मान्डलेको अन्य धेरै क्षेत्रमा सैन्य कानून लागू गरिएको थियो। त्यहाँ प्रदर्शनमा उत्रिएकाहरुविरुद्ध अब सैन्य अदालतमा मुद्दा चलाउन सकिन्छ।
प्रदर्शनकारीहरुका अनुसार चीनले म्यानमारमा सेनालाई सहयोग पुर्याइरहेको छ। तर, यो स्पष्ट छैन कि कसले सहयाेग गरिरहेकाे छ।प्रदर्शनकारीहरूले सेनाले नियन्त्रणमा लिएकाे नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का प्रमुख नेतृ आङ साङ सू चीकाे रिहाइको माग गरिरहेका छन्। उनकाे पार्टीले गत नोभेम्बरमा सम्पन्न चुनावमा ठूलो जीत हासिल गरेकाे थियाे।
सेनाले उक्त मतगणना पछि एनएलडीका अधिकांश नेताहरुलाई पक्राउ गरेकाे छ।
फेब्रुवारी १ को कू पछि सू चीलाई अज्ञात स्थानमा राखिएको छ। उनीविरुद्ध सेनाले अवैधरुपमा वाकीटकी राखेकाे, भष्ट्राचार गरेकाे र काेराेना भाइरस नियन्त्रणका लागि लगाइएकाे प्रतिबन्धकाे नियम उल्लघंन गरेकाे आराेप लगाएकाे छ।
सोमबार सू ची अदालतमा हाजिर हुनु पर्ने थियो, तर इन्टरनेट समस्याका कारण सुनवाई स्थगित गरिएकाे बीबीसीले जनाएकाे छ।
राजनीतिक कारागारका लागि सहयोग संगठन (एएपीपी) अनुगमन समूहका अनुसार सैन्य कू लागू भएपछि १२० भन्दा बढी प्रदर्शनकारी मारिएका छन्।
पछिल्लाे समय सेना र प्रहरीहरुले सीधा भीडमा ताकेर गाेली हान्ने गरिरहेका छन्। मरेका र घाइतेहरूलाई घिस्याउँदै लगेकाे भिडियाेहरु सामाजिक सञ्जालमा भाइरल छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।