काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत सैयद हैदर साहबीच भेटवार्ता भएको छ। सोमबार जंगीअड्डामा प्रधानसेनापति थापाले राजदूत साहबीच भेटवार्ता भएको हो।
भेटमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगीअड्डाले जानकारी दिएको छ।
भेटले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।