काठमाडौं– सफ्ट्वरिका कलेज अफ आईटी एण्ड इकमर्सद्वारा आयाेजित चार दिने दोस्राे 'आईओटी एक्स्पो' सम्पन्न भएको छ। पाँच हाजारले अवलोकन गर्दै प्रदर्शनी सम्पन्न भएको हाे।
फागुन २८ गते देखि ४ दिनसम्म डिल्लीबजारमा भएको प्रदर्शनीमा अटोनोमस भेइकल, स्मार्ट व्हिलचियर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैंचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहत ब्यवस्थापन, रोबटिक हातलगायत ३० वटा प्रोजेक्टको नमुना प्रदर्शन गरिएको थियो। स्मार्ट सवारी नेपालमा कलेज स्तरमा पहिलो पटक निर्माण गरिएको कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए।
प्रदर्शनीमा राखिएका स्मार्ट सोलुसनका मोड्युल सफ्ट्वरिका कलेजमा कम्प्यूटिङ र साइबर सेक्युरिटी विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले तयार गरेका हुन्।
विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिइ दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्यूटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनी गरिएको कलेजका प्रिन्सिपल प्रमोद पौडेलले बताए।
नि:शुल्क प्रवेश रहेको प्रदर्शनीमा राज्यका नीति निर्माता, निजी क्षेत्र, विद्यार्थी, अभिभावक र आईटी क्षेत्रका जिज्ञासुले अवलोकन गरेको पौडेलले बताए। प्रविधिको सदुयोग गर्नसके कसरी हाम्रो जीवनयापन सहज हुन्छ भन्ने बुझ्न प्रदर्शनीले सहयोग गरेको पौडेलको तर्क छ।
बेलयातको कोभेन्ट्री विश्वविद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको यस सफ्ट्वेरिका कलेजले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हबसमेत तयार गरेको छ। हालको प्रदर्शनी सोही इनोभेसन हवमै विद्यार्थीहरुले तयार गरेका हुन्।
कलेजको पढाई सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकुन भनेर इनोभेसन हबको परिकल्पना गरिएको आयाेजकले जनाएकाे छ। आर्थिक अभावको कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले ब्यवसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रुपैयाँसम्म अनुदान दिने ब्यबस्था गरिएको कलेजका निर्देशक अमृत थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।