• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यसरी बन्दैछ जसपाबिनै ओलीविरुद्ध बहुमत सिद्ध गर्ने समीकरण

64x64
डिबी खड्का आइतबार, चैत १, २०७७  २२:३२
1140x725

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) आगामी सरकार निर्माणका लागि अपरिहार्य शक्ति देखिन्छ। सामान्य अंकगणित उसले जुान पक्षलाई समर्थन गर्‍यो, त्यसैको सरकार बन्ने देखिन्छ। आइतबारदेखि नेपाली राजनीति सम्भावनाको अर्को कोर्समा प्रवेश गरेको छ। जहाँ जसपा विना पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बहुमतको परिकल्पना गर्न थालिएको छ।

प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनिरहेको नेकपा एमाले एकीकृत रहँदा जसपा मिसियो भने प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार निरन्तर नै रहने सम्भावना पनि रहन्छ। जसपाले ओली पक्षसँग कायम राखिरहेको संवादका कारण आकलनलाई बल पुर्‍याइरहको छ।

तर समग्रमा भने पार्टीभित्र दुई धार रहेको र अनिर्णित बनेको कारणले आगामी सत्ता चित्र पनि अन्योलग्रस्त बनेको छ। बरु यसैबीच नयाँ खालको रणनीतिक चक्रमा अबको नेपाली राजनीति घुम्ने संकेतहरु मिल्न थालेका छन्।

शनिबार नेकपा एमालेको माधव समूहले तारन्तार दुई बैठक गर्‍यो। ती दुवै बैठक रणनीतिक थिए। प्रधानमन्त्री ओलीले शुक्रबार गरेको एकतर्फी निर्णयको प्रतिरोधका साथै सदाका लागि फरक बाटो हिँड्ने आधारभूमि निर्माण पनि थियो। शीर्ष नेताहरु ओलीसँगै अघि बढ्न नसक्ने निक्र्यौलमा शुक्रबार नै पुगिसकेका थिए। आफू अन्तर्गतका सांसद र केन्द्रीय सदस्यको मनोभाव बुझ्न उक्त बैठक बोलाइएको थियो। आगामी ४ र ५ बोलाइएको कार्यकर्ता भेलाबाट ‘फाइनल एक्सन’ गरिने संकेत शनिबारको ‘अन्तरक्रिया’ले दिएको छ।

शनिबार नै माओवादी केन्द्र प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिने तयारीमा थियो। तर, त्यसलाई माधव पक्षले नै रोकेको बुझिएको छ। माधव पक्षका नेता तथा एमाले उपाध्यक्ष भीम रावल माओवादी केन्द्रको स्थायी कमिटी बैठककै बीचमा त्यहाँ पुगे। उनले माधव पक्षले गरेको निक्र्यौल र लिन लागेको रणनीतिक बाटोका विषयमा ‘ब्रिफिङ’ गरेका थिए। आफूले गरेको उक्त ‘ब्रिफिङ’ भीम रावले खुलाउन चाहेनन्।

वर्तमान राजनीतिक परिस्थिति एक दलको नेताले अर्को दलका नेतालाई भेट्ने विषयलाई स्वभाविक रुपमा लिनुपर्ने दलिल उनको थियो। तर, रावलले पुर्‍याएको सन्देश ‘तत्काल समर्थन फिर्ता नलिनू’ भन्ने रहेको बुझिएको छ। शनिबारको केन्द्रीय कमिटी बैठकपछि नेपाल पक्षका एक नेताले अहिले नै माओवादी केन्द्रले समर्थन फिर्ता लिन नहुने भन्दै गरेको दाबीले त्यसलाई पुष्टि गर्छ।

माओवादी केन्द्रलाई  समर्थन फिर्ता लिन किन रोक्यो त नेपाल पक्षले? ओलीको सत्ता ढाल्न चल्न सकिने सम्भावित एउटा चाल कायम राख्नुपर्ने नेपाल पक्षको बुझाइ हो। ओली सररकार ढाल्ने अस्त्र समर्थन फिर्ता त छँदैछ, अविश्वासको प्रस्ताव पनि हो। त्यसलाई कायम राख्दा जुन उपयुक्त हुन्छ, त्यही चाल चल्न सकिने विकल्प रहन्छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अविश्वास प्रस्ताव दर्ता गर्ने सहमति जुटिरहेको छैन। कांग्रेस र माओवादी केन्द्र ओलीको विकल्प खोज्न तयार छन्। तर, जसपासँग केही शर्त र केही अपेक्षा छन्। जुन पूरा गर्ने ल्याकत यी दुई शक्तिले मात्रै राख्दैनन्। संविधान संशोधनका लागि दुई तिहाइ चाहिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

संसद्को महत्वपूर्ण हिस्सा प्रधानमन्त्री ओलीसँग छ। रेशम चौधरीलगायत जसपा नेता कार्यकर्ताको मुद्दा फिर्ता अदालतको प्रक्रियामा पुगेको छ। राजनीतिक सहमतिले मात्रै अर्थ राख्दैन। जसपाको अपेक्षा आफूलाई सरकारको नेतृत्व गर्न दिनुपर्ने छ। चुनावी सरकार हुनसक्ने देखिएकाले जसपाको नेतृत्वमा चुनावमा जान कांग्रेस चाहदैन।

यही कारणले जसपाविहीन नयाँ सरकारको परिकल्पना गर्न थालिएको हो। पार्टीभित्रै संघर्ष गर्ने नेपाल पक्षको नीति रहुन्जले त्यस्तो परिकल्पना गर्न मिल्दैनथ्यो। तर, शनिबारदेखि नेपाल पक्षले पार्टी एकता कायम राख्ने सम्भावना सकिएको निष्कर्ष निकालेको छ। 

यससँगै नेपाल पक्षका सांसद्हरु अविश्वासको प्रस्तावमा मतदान हुँदा प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने बाध्यताबाट मुक्त भएका छन्। ३८ जना सांसद् हाल नेपाल पक्षमा छन्। 

अधिकांश सांसद्ले परिआउँदा ‘सांसद्को लोगोको माया मार्ने’ वचन नेता नेपाललाई दिइसकेका छन्। उनीहरुको यस्तो प्रतिक्रियाले आफ्नो हिम्मत बढ्न थालेको नेता नेपालले निकटस्थलाई बताउन थालेका छन्। 

माओवादीले समर्थन फिर्ता लिँदा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्छ। जसपाले ओलीलाई नै समर्थन गर्ने निर्णय लिएमा उनलाई बहुमत पुग्न सक्छ तर एमालेका माधव नेपाल पक्षका सांसदले पनि ओलीलाई मत दिएमा मात्रै। जुन अहिलेको अवस्थामा असम्भव जस्तै छ।

प्रतिनिधि सभामा हाल कायम नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ गरी ओली सरकारको विपक्षमा अहिले पनि १०९ सांसद् छन्। नेपाल पक्षतर्फ रहेका ४० मध्ये ३० जनाले मात्रै ‘फ्लोर क्रस’ गर्दा पनि बहुमत पुग्छ। यही बहुमत पुर्‍याउन आधारमा अविश्वासको प्रस्ताव दर्ता गराउने गरी नयाँ राजनीतिक समीकरण निर्माण हुने थालेको देखिन्छ। 

माओवादीले समर्थन फिर्ता लिँदा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्छ। जसपाले समर्थन गर्ने निर्णय लिएमा मात्रै ओलीको बहुमत पुग्ने देखिन्छ। यस्तो अवस्थामा नेपाल पक्षका सांसदले ‘फ्लोर क्रस गर्ने’ सुविधा पाउँदैनन्। 

जसपा कसको सरकारमा जाने? अलमलमै छ। त्यसअघि नै ओली सरकारविरुद्ध बहुमत सिद्ध गरेर राजनीतिलाई अर्को चरणमा पुर्‍याउने विषयमा छलफल भइरहेको छ। जसपाको एउटा समूह ओली पक्षले सवै माग पूरा गरेपनि सरकारमा जान नहुनेमा छ।

ओली सरकार ढल्नेबित्तिकै राजनीतिक परिदृष्य बदलिने र त्यो परिदृष्यमा कमजोर बनेका ओलीलाई भन्दा बलियो बनेको गठबन्धनतर्फ जसपाको झुकाव हुने विश्लेषण हुन थालेको छ।

प्रकाशित मिति: आइतबार, चैत १, २०७७  २२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्