काठमाडौं- नेपालमा पहिलो पटक आयोजना हुन लागिरहेको ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिताको फ्रेन्चाइज टिम घोषणा गरिएको छ। आइतबार काठामडौंमा सात फ्रेन्चाइज टिमको घोषणा भएको हो।
नेपाल स्पोर्टस एन्ड इभेन्टस म्यानेजमेन्टले लिगमा भाग लिने सात फ्रेन्चाइज टिम, टिमको लोगो सार्वजनिक गरेको हो। प्रतियोगितामा भाग लिने फ्रेन्चाइज टिमहरुमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी रहेका छन्।
वैशाख ११ गतेदेखि प्रतियोगिता सुरु हुनेछ। पहिलो संस्करणमा सिंगल राउण्ड रोविनमा प्रतियोगिताको खेल सञ्चालन हुनेछ। दोस्रो संस्करणबाट भने डबल राउण्ड रोविनमा खेल हुने आयोजकले जानकारी दिएको छ।
विराटगनर सिटी एफसीका अध्यक्षमा अनुप रञ्जन भट्टराई काठमाडौं रेजर्सका सिइओ चिरञ्जीवी शाह, ललितपुर एफसीकी निर्देशक कामना गुरुङ, एफसी चितवनका निर्देशक सचिन ढकाल, पोखरा थन्डर्सका म्यानेजर निराकल श्रेष्ठ, बुटवल लुम्बिनी एफसीका आध्यक्ष राजकुमार तिम्सिना र धनगढी एफसीका अध्यक्ष सुवास शाहीले आ-आफ्नो टिमको लोगो सार्वजनिक गरे।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आगामी वैशाख ११ गतेदेखि २५ गतेसम्म नेपाल सुपर लिग चल्नेछ। एक टिममा २० खेलाडी रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।