काठमाडौं- भन्सार एजेन्ट महासंघको अध्यक्षमा भरतराज घिमिरे चयन भएका छन्। शनिबार सम्पन्न महासंघको दशौँ वार्षिक साधारणसभा एवम् चौथो महाधिवेशनले घिमिरेलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो।
महाधिवेशनले अध्यक्ष घिमिरेसहित कार्यसमिति नै निर्विरोध चयन गरेको हो। महासंघको वरिष्ठ उपाध्यमा प्राचीन थैवका साथै प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः काशिराज उपाध्याय, भाग्यनारायण मिश्र र चेतनाथ पौडेल चयन भएका छन्।
महासंघको महासचिवमा विष्णुमणि खनाल, सचिवमा कृष्णप्रसाद घिमिरे चयन भएका छन् भने कोषाध्यक्षमा मनोज रावत चयन भए। सदस्यहरूमा पवित्र जोशी, नन्दकिशोर मल्ल, देवकीनन्दन शर्मा, मधुप्रसाद पन्थी, विमला पन्त, प्रेमबहादुर अधिकारी र शैलेश न्यौपाने चयन भएका छन्।
महासंघ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ।

भन्सार विभागका महानिर्देशक यामलाल भुसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारणसभामा महासंघका संस्थापक अध्यक्ष जयप्रसाद शिवाकोटी, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख लक्ष्मीप्रसाद निरौलालगायतको उपस्थिति थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।