काठमाडाैं- सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विस्फोट भएको छ।
विस्फोटमा परी ६ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिए। उनका अनुसार एक जना गम्भीर घाइते भएका छन्।
गम्भीर घाइतेको उद्धारका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी कँणेलले बताए।
प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थल जाँदैछ। घटना कसले गराएको भन्ने पहिचान हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।