काठमाडौं– लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा रहेको चेल्सीलाई गोलरहित बराबरीमा रोकेको छ। तुलनात्मक रुपमा कमजोर रहेको लिड्सले चेल्सीलाई गोलरहित बराबरीमा रोकेको हो।
आफ्नै मैदानमा लिड्सले चेल्सीसँग बराबरी खेल्दै अंक बाँडेको हो। चेल्सीले खेलअवधिभर बल आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्न सकेन। ६३ प्रतिशत बल पोजिसन आफ्नो पकडमा राखेको चेल्सीले १५ पटक लिड्सको पोस्टमा प्रहार गरेको थियो।
इंग्लिस प्रिमियर लिगमै भएको अर्को खेलमा एभर्टन बर्नलीसँग २–१ गोलअन्तरले पराजित भएको छ। एर्भटन आफ्नै मैदानमा हारेको हो।
सुरुवाती समयमै दुई गोलको अग्रता बनाएको बर्नलीविरुद्ध एभर्टनका डोमिनिक कार्भट लेविनले गोल गरेपनि हार जोगाउन सकेनन्। त्यस्तै, अर्को खेलमा क्रिस्टल प्यालेसले वेष्टब्रुमलाई १–० ले हराएको छ।
लिड्सलाई पराजित गर्दै तेस्रो स्थानको लेस्टर सिटीसँग अंक बराबरी बनाउने मौका चेल्सीले गुमाएको छ। चौथो स्थानमा रहेको चेल्सीको २९ खेलबाट ५१ अंक भएको छ। १२ औं स्थानमा रहेको लिड्सको भने २८ खेलबाट ३६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।