• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

महन्थको 'मनोदशा'बाट जसपा नियाल्दा

64x64
डिबी खड्का आइतबार, चैत १, २०७७  ०७:४८
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अल्पमतमा परेको दिनदेखि जनता समाजवादी पार्टी (जसपा) शक्तिको ‘केन्द्र’मा छ। सबैभन्दा बढी चलायमान पनि जसपा नै बनिरहेको छ। शीर्ष नेतृत्वले बालुवाटार, पेरिसडाँडा र बूढानीलकण्ठको चक्कर हरेक दिनजसो लगाइरहेको छ। 

संसद्को चौथो ठूलो दल जसपा एक्कासी निर्णायक शक्ति बनेपछि जति उत्साहित थियो, पछिल्ला दिनमा उत्साहको पारो ओरालो लाग्दै गरेको छनक नेताहरू दिन थालेका छन्। 

शनिबार माओवादी केन्द्रसँग छलफल गरेर निस्किँदै गर्दाको जसपा अध्यक्ष महन्थ ठाकुरको मनोदशा केलाउँदा परिस्थिति अनुकुल नबनेको देखिन्थ्यो। ठाकुरको मनोदशा र उनले सञ्चारकर्मीलाई दिएको प्रतिक्रियालाई विश्लेषण जसपाले आफूले आफैंलाई शक्तिको केन्द्रमा देख्न छाडेको छ। उसलाई यही परिस्थितिमा माग पूरा गर्ने आश्वासनको अर्थ समेत नरहेको अनुभूति हुन थालेको छ। त्यसैले बैठकबाट तय गरिएका माग भन्दा एक कदमअघि ‘मिसन प्रधानमन्त्री’ उसको लक्ष्य रहेको संकेत मिल्न थालेका छन्। 

मिसन प्रधानमन्त्री, सम्भावना कमजोर
पेरिसडाँडामा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनी प्रश्नैपिच्छे निराशाभावसहितका उत्तर दिइरहेका थिए। 

माओवादीसँग संवाद राम्रै भएको तर निष्कर्षमा नपुगेको उनले बताएपछि उपस्थित पत्रकारको प्रतिप्रश्न थियो, ‘कुन कुरामा सहमति जुटेन? समस्या के हो?’

उनले सांकेतिक उत्तर दिए, ‘संसद्‍मा तीन ठूला दल छन्। प्रशासनमा उहाँहरूको हालीमुहाली छ। राष्ट्रवादमा पनि उहाँ नै अगाडि आउनुहुन्छ। हामी त कहीँ पर्दैनौँ। उहाँहरूले जे गर्नुहुन्छ, त्यही हुन्छ।’

उनले आफूलाई ‘महत्व’ नदिइरहेको तर्फ संकेत गरेका थिए। उनको यो र यसपछि दिइएका उत्तरको अर्थ केलाउँदा जसपाको ‘मिसन’ उसले बाहिर प्रस्तुत गरिरहेको मागको सम्बोधनमा भन्दा केही फरक रहेको  प्रतित हुन्छ। हामीले फेरि प्रश्न गर्‍यौं, ‘तपाईंहरू नभई त कसैको बहुमत नपुग्ने हुन्छ, शक्तिको केन्द्रमा त तपाईं नै हुनुहुन्छ नि!’

उनले सञ्चारकर्मीको आँखामा मात्रै त्यस्तो परेको प्रष्ट्याउँदै उत्तर फर्काए, ‘यो तपाईंहरुको भनाइ हो। तर, हामी त कहीँ छैनौं। हामी आन्दोलनमा हुन्छौं। इतिहासमा त परिणाम देखिन्छ। परिणाममा त हामी हुँदै हुँदैनौं।’

Ncell 2
Ncell 2
nimb
nimb

ठाकुरले यहाँनेर दुईटा ओजिला शब्द एकसाथ उच्चारण गरे। जसको सोझो अर्थ मात्रै निकालेर पुग्दैन। उनले ‘आन्दोलन’ र ‘इतिहास’को कुरा निकालेर मधेशले प्रधानमन्त्रीका रुपमा देशको नेतृत्व हालसम्म नगरेको कुरातर्फ इंगित गरेको अनुमान लगाउन सकिने लवजमा बोलेको आकलन गर्न मुस्किल छैन। अहिले एउटा कसरत भने आफैंले सरकारको नेतृत्व लिने रहेको देखिन्छ। त्यसका लागि माहोल अपेक्षित सकारात्मक नदेखिएपछि जसपा नेताहरू निराश बन्न थालेका हुन्। 

मुख्य माग पूरा हुनै मुस्किल
रेशम चौधरीलगात मधेश आन्दोलनमा मुद्दा लागेकाहरुको उन्मुक्ति र संविधान संशोधनलगायत मागसहित उनीहरु गठबन्धनका लागि मैदानमा छन्। 

जसपाले प्रधानमन्त्री केपी शर्मा ओली वा अर्को कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई सघाउन सक्छ। सघाउँदा सरकार त बन्छ तर उसको अर्को महत्वपूर्ण माग पूरा हुने संकेत कमजोर छ। किनभने कुनै एक पक्षको बहुमत पुगेपनि संविधान संशोधन गर्नेगरी दुई तिहाइ पुग्दैन। जसको विपक्षमा जसपा उभिन्छ, त्यसले जसपालाई सहयोग गर्दैन। यस विषयमा पनि ठाकुरले संकेत गरेका छन्। उनले शनिबार भने, ‘माग पूरा गर्छु कसैले भनेपनि संसद् बाधक बन्छ। त्यहाँ जति संख्या चाहिन्छ, त्यति पुग्दैन।’

उता चौधरीलगायतको मुद्दामा अदालतको फैसला अन्तिम हुने भएकाले सम्झौताले मात्रै अर्थ नराख्ने उनले बताए। यही क्रममा थपे, ‘शासन, प्रशासन, सुरक्षा संयन्त्र पनि हाम्रो छैन। त्यसैले हाम्रो स्थान त कहीँ हुँदै, हुँदैन।’ 

आफ्नै एकता कायम राख्न सकस
अरु पार्टीसँग सहमतिको हात फैलाइरहेको जसपा आफैंभित्र भने सहमति जुटाउन सकिरहेको छैन। उनीहरुले हालसम्म संसदीय दलको नेतासमेत छान्न सकिरहेका छैनन्। संसदीय दलको नेताका लागि आकांक्षी नेताहरुबीच कुरा मिल्न सकिरहेको छैन भने सत्ता समिकरणका लागि साथ दिने कुरामा पनि आ–आफ्धै धारणा छन्। 

जसपाभित्रै डा बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतका नेताहरु सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओलीसँग छलफल समेत गर्न नहुने ‘लाइन’मा छन्। त्यसको एउटा संकेत शनिबार पेरिसडाँडामा देखियो। माओवादी केन्द्रसँग सम्वाद गरेर निस्कँदै गर्दा जसपा नेता उपेन्द्र यादवको प्रतिक्रिया थियो– ‘प्रधानमन्त्री ओलीलाई साथ दिन हाम्रो दिमाग बिग्रिएको छ र?’ प्रधानमन्त्री ओलीले आफ्ना माग पूरा गरेमा पनि सत्ता टिकाउन समर्थन होइन, धन्यवाद मात्रै दिन सकिने उनले बताए। 

यसैगरी ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरु दुवै पक्षसँग उत्तिकै गहन वार्ता चलाइरहेका छन्। प्रधानमन्त्री ओलीसँग सहमति बन्न सम्भावना बढी देख्ने नेताहरु पनि छन्। उस्तै परे पार्टी फुटाएर समेत समर्थन गर्न सकिनेसम्मको खेल चलिरहेको चर्चा चलिरहेको छ।

प्रकाशित मिति: आइतबार, चैत १, २०७७  ०७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्