काठमाडौं–शुक्रबारसम्म काठमाडौँ महानगरपालिकाभित्रका ३३ हजार १ सय ३७ जनाले खोप लगाएको शहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले जानकारी दिएका छन्।
महानगर प्रमुख विद्या सुन्दर शाक्यसहितको टोलीले गरेको कोभिड विरुद्धको खोप केन्द्रको अनुगमनका क्रममा उनले सो जानकारी दिएका हुन्। अनुगमना क्रममा प्रमुख शाक्यले खोप लगाएर बसेका ज्येष्ठ नागरिकसँग प्रतिक्रियासमेत लिएका थिए।
देशको प्रधानमन्त्री, मन्त्री र आफूले समेत खोप लगाइसकेको भन्दै आम नागरिकलाई पनि ढुक्क भएर खोप लगाउन हौसला प्रोत्साह गर्ने उद्देश्यले खोप केन्द्रको अनुगमनमा निस्केको प्रमुख शाक्यले बताए।
शुक्रबार नै प्रमुख शाक्यले वीरेन्द्र सैनिक अस्पताल छाउनी र ओम अस्पताल एण्ड रिसर्च सेन्टर चावहिल केन्द्रमा पनि अनुगमनका लागि पुगेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।