काठमाडाैं– पशुपतिनाथ मन्दिर साविकअनुसार नै खुला गरिने भएकाे छ। कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि गत वर्ष चैत ११ गते लागू गरिएको लकडाउनअघिकै समयानुसार मन्दिर खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएकाे हाे।
लकडाउन जारी गरिएपछि पशुपतिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गर्न पनि रोक लगाइएको थियो। कोरोनाको जोखिम कम हुँदै गएपछि पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मन्दिर खुला गरिएको थियो।
बिहीबार महाशिवरात्रिपछि बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने कोषका कार्यकारी निर्देशक कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।
आजदेखि नै पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ। मध्याह्न करिब एक घण्टा भने पशुपतिनाथको पूजा एवं भोगका लागि मन्दिर बन्द गर्ने विधि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।