काठमाडाैं– पत्रकार सुशील शर्माको निधन भएको छ। ६३ वर्षीय शर्माको काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो निधन भएको हो।
हिजो बिहीबारदेखि फोक्सोसम्बन्धी समस्याले जटिल रुप लिएपछि शर्मालाई अस्पताल भर्ना गरिएकाे थियाे।
उनले लामो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीमा काम गरेका थिए। शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।