काठमाडौं–भारतको नयाँ दिल्लीको कोठी सञ्चालन गर्दै आएकी नुवाकोटको दुप्चेश्वर नगरपालिका–२ की चमेली र सीता भनेर चिनिने रुकमाया तामाङ पक्राउ परेकी छन्। ६२ वर्षीया तामाङलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नुवाकोटको विदुर नगरपालिकाबाट फागनु २३ गते पक्राउ गरेको हो।
पक्राउ परेकी तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको ब्यूरोका डिएसपी ढुण्डीराज नेउपानेले बताए। उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।
तामाङले दिल्लीको जिबी रोड ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ। तामाङका एक सहयोगीले उनको योजनाअनुसार चितवनको चिनजानको मानिसको घरमा काम लगाइदिन्छु भनेर एक महिलालाई दिल्ली पुर्याएर बेश्यावृतिमा लगाएको प्रहरीले जनाएको छ।
कलंकीबाट चितवन भनेर गाडी चढाएकी ति महिलालाई बेहोस हुने औषधी पानीमा मिसाएर खुवाई बेहोस बनाएर दिल्ली पुर्याएको आरोप लागेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।