काठमाडौं- नेपाली सेनाका सहायक रथी संगठनभित्रकै महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गरेको आरोप प्रमाणित भएपछि बर्खास्त भएका छन्। संगठनभित्रकै महिला सैनिक अधिकृतमाथि यौन दुर्व्यवहार गरेको आरोप प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति पंकज कार्की बर्खास्तीमा परेका हुन्।
कार्कीले यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि बर्खास्त गरिएको नेपाली सेना प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।
कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो। इन्क्वायरीको अध्ययनले कार्कीले यौन दुर्व्यवहार गरेको सेनाले उनलाई सेवाबाट बर्खास्त गरेको हो।
‘यौन दुर्व्यवहारको आरोप प्रमाणित भएपछि नियमअनुसार कारबाही हुन्छ,’ प्रवक्ता पौडेलले भने, ‘अनुशासन र आचारसंहितालाई टेकेर कार्कीलाई कारबाही गरिएको हो।'
कार्कीसँग उक्त घटनामा मुछिएका दुई महिला सैनिक पनि बर्खास्त भएका छन्। कोर्ट अफ इन्क्वायरीको अनुसन्धानका क्रममा कार्कीसँगै ती महिला सैनिकहरूको पनि आचरणमा गलत मनशाय देखिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।