काठमाडाैं– रौतहटमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीमा कार्यरत प्रहरी जवान कमल धामी र उनीसँगै मोटरसाइकलमा सवार रौतहट चन्द्रपुर नगरपालिका–३ गैंडाटारका सत्यनारायण कुमर रहेकाे प्रहरीले जनाएकाे छ।
विशेष सूराकीको आधारमा चन्द्रनिगाहपुर बजार क्षेत्रमा ना ५८ प ९५४८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ९ सय थान लागूऔषध नाइट्राभेटसहित उनीहरुलाई पक्राउ गरिएकाे हाे।
पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।