सप्तरी– कञ्चनरुप नगरपालिका–१ मा बिहीबार आगलागी भएको छ। वडा नं १ बैरवा बस्ने दुखनीदेवी वैधको टिनको छानो भएको फुसको भुई तल्ले घरमा आगलागी हुँदा करीब पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
खाना पकाइ चुलोमाथि राखेको दाउरामा अचानक आगो सल्किन गई आगलागी हुँदा अन्न, लत्ताकपडा र नगद रु एक लाखसहित दुखनीदेवीको घर पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी भुवनेश्वरप्रसाद साहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।