काठमाडौं–दैलेखमा बस दुर्घटना हुँदा २ जनाको निधन भएको छ। कर्णाली राजमार्गअन्तर्गत आठबिस नगरपालिका–१ स्यालाकोटमा भएको दुर्घटनामा परी १६ जना घाइते भएको दैलेख प्रहरीले जनाएको छ।
कालीकोटबाट सुर्खेततर्फ आउँदै गरेको कर्णली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस सडकबाट करिब सय मिटर तल खसेरको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।
घाइतेमध्ये १० को अवस्था गम्भीर रहेको बताइएको छ। घाइते हुनेमा ३ जना प्रहरी कर्मचारीसमेत रहेको बताइएको छ।
सवारी दुर्घटनामा परी कालिकोटको साविक भर्ता गाविस–९का जितेन्द्र बहादुर शाहीको घटनास्थलै मृत्यु भएको र कालिकोटकै नरहरिनाथ गापाका कमल विकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।