काठमाडौं- महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथमा दर्शनार्थीहरूको घुइँचो लागेको छ। उनीहरूलाई पूजाआजाको सहज व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ।
बिहीबार महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थी तथा भक्तजनहरुको भीड लागेको हो। अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष दर्शनार्थीलाई मन्दिर दर्शनका लागि छिटो र सहज हुने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले बताएको छ।
११ वटा उपसमिति गठन गरी राम्रो व्यवस्थापन गरिएको महाशिवरात्रि पर्व व्यवस्थापन समितिका प्रवक्ता रेवतीरमण अधिकारीले बताए। एकीकृत रुपमा सुरक्षा संयन्त्र परिचालन गरी सुरक्षाको प्रबन्ध मिलाइएको, स्वयंसेवक पर्याप्त मात्रामा परिचालन गरिएको, भोजन, अवास, पानीको व्यवस्थापन मिलाइएको तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताए।
कोभिड-१९ को संक्रमणबाट बच्न अनिवार्य मास्कको प्रयोग गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन भने भएको देखिँदैन।
तस्बिरहरू :










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।