काठमाडौं- जाजरकोटको भेरी नगरपालिका–३, स्याँलाका कृषकले पालेका कुखुरामा बर्ड फ्लु देखिएको छ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणपछि जाजरकोटको स्याँलाका कृषकले पालेका कुखुरामा बर्ड फ्लु पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।
बर्ड फ्लु पुष्टि भएपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश, पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोट र भेरी नगरपालिकाको संयुक्त प्रयासमा कृषकका कुखुरा नष्ट गरिएको छ।
पशु सेवा कार्यालय जाजरकोटका अनुसार बुधबार ३०० बोइलर कुखुरा, ३३१ लेयर्स कुखुरा, ७० स्थानीय कुखुरा, ८८३ अण्डा, २५१ केजी दाना र २०० गोटा अण्डाको क्रेट नष्ट गरि गरिएको छ। रोग देखा परेको क्षेलाई पूर्ण निसंक्रमण गरिएको बताइएको छ।

यसअघि गएको माघमा काठमाडौंको तारकेश्वर र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रका पन्छीहरूमा बर्ड फ्लु लेखिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।