काठमाडौं- मष्तिष्कघात भइ उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवा नर्भिक अस्पताल पुगेका छन्।
फागुन १४ गते मष्तिष्कघात भइ नर्भिक अस्पतालमा भर्ना भएका कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशी अझै कोमामै छन्। जोशीको स्वास्थ्य अवस्था स्थिर, तर जोखिमपूर्ण रहेको र पछिल्ला केही दिनदेखि अवस्था थप बिग्रिएको खबर आइरहेको बेला देउवाले थापाथलीस्थित नर्भिक अस्पतालमा गएर जोशीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका हुन्।
देउवाले जोशीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग पछिल्लो अवस्था र उपचारको बिषयमा जानकारी लिए। देउवाले अस्पतालमै रहेका जोशीकी पत्नी र परिवारलाई भेटेका थिए। उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जोशी अझै कोमामै रहेको, भेन्टिलेटरको सहायतमा रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।