काठमाडाैं– काठमाडौंको बानेश्वरस्थित भिमसेनगोलामा हेल्थवाइस पोलिक्लिनिक सञ्चालनमा आएको छ। माइती नेपालको अध्यक्ष अनुराधा कोइरालाले बुधबार उद्घाटन गरेसँगै उपचार केन्द्र सञ्चालनमा आएकाे हाे।
पोलिक्लिनिकले स्वास्थ्य उपचार तथा सौन्दर्य उपचारलाई संयुक्तरुपमा अगाडी बनाउने उद्देश्य रहेकाे संचालनले जनाएका छन् । सौन्दर्य र स्वास्थ्य उपचार दुबै बिधालाई एकैसाथ अगाडी लाने यो नेपालकै पहिलो पोलिक्लिनक रहेको पोलिक्लिनिकका संचालक डाक्टर बिजय भट्टराईले जानकारी दिए।
'नेपालमा सौन्दर्य उपचारको उच्चमाग रहेतापनि प्रभावकारी तथा उत्कृष्ट सेवा प्रदान गर्ने उपचार केन्द्रको अभाव रहेकाले सोलाई परिपूर्ती गर्ने उदेश्यका साथ यस पोलिक्लिनिक संचालनमा ल्याइएको हो,' उनले भने।
यस पोलिक्लिनिकले सौन्दर्य उपचार अन्तर्गत हेयर ट्रान्सप्लाण्ट एण्ड रेष्टोरेशन, लेजर्स एण्ड एस्थेटिक, न्युट्रिशन एण्ड एड्भान्स् स्लिमि¨ र फेसियल प्लाष्टिक सर्जरी एण्ड कष्मेटिक सर्जरीअन्तर्गतका सेवाहरु दिनेछ भने स्वास्थ्य उपचारअन्तर्गत डर्माटोलोजी, इन्डोक्रिनोलोजी, नाक, कान र घाँटी, कार्डियोलोजी र अर्थोपेडीकअन्तर्गतका सेवाहरु दिनेछ।
यस उपचार केन्द्रले संचालनमा आएको अवसरमा हरेक ग्राहक तथा बिरामीहरुलाई एक महिनासम्म सबै खाले उपचारमा १५ प्रतिशतसम्मको छुट दिने घोषणा गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।