काठमाडौं- प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लाजिम्पाट उत्तरढोकाबाट दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा बाग्लुङको निशीखोला गाउँपालिका–३ का २२ वर्षीय सन्तोष बुढामगर र मोरङको डाँगीआठ गाउँपालिकाका २८ वर्षीय रन्जित माझी छन्। प्रहरीले उनीहरुको साथबाट चितुवाको १ थान छाला बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई कारबाहीका जिल्ला वन डिभिजन कार्यालय हात्तीसार पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।