काठमाडौं–कलंकीबाट दुई महिला पाकेटमार पक्राउ परेका छन् । चोरी, पाकेटमार तथा ठगीमा सक्रिय रहेका दुई महिला पाकेटमारलाई महानगरीय प्रहरी प्रभागले कलंकीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गोंगबुकी २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोको लिसंखु घर भई मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती छन्। कलंकी प्रभागबाट इन्सपेक्टर मिठ्ठु खड्काको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
कलंकी, कालिमाटी, बाफल, बल्खु क्षेत्रलाई आधार बनाएर उनीहरुले पाकेट मार्दै आएको प्रहरीले जनाएको छ।
पाकेट मार्दै गरेको अवस्थामा ३४ हजार ५५० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिलराज बोहराले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।