काठमाडाैं–सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीबाट मङ्गलबार साँझ ठूलो परिमाणमा गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले केरा बगैंचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो लागुऔषध गाँजा बरामद गरेको हो।
माटोमुनि लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल भण्टावारीका इञ्चार्ज भुवन खड्काले बताए।
गाँजा भेटिएको ठाउँबाट भारतीय बजार नजिक भएका कारण बिक्रीका लागि लैजाने उद्देश्यले गाँजा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ।
पछिल्लो सयम सुनसरीका विभिन्न सीमावर्ती नाकाबाट अवैध गाँजा तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीयले बताएका छन्। घटनाका विषयमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।