काठमाडौं–शिवरात्रि पर्वका अवसरमा उपत्यकाका विभिन्न स्थानमा सवारी सञ्चालनमा रोक लगाइएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले सूचनामार्फत पशुपति क्षेत्र आसपासका क्षेत्रमा सवारी साधन चल्न चलाउन निषेध गरेको जनाएको छ।
महाशाखाले बुधबार सूचना प्रकाशित गरी बिहीबार शिवरात्रीका अवसरमा पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी निधेष गरेको जनाएको हो। मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेलाई वैकल्पिक मार्ग प्रयोग गर्नसमेत आग्रह गरिएको छ।
यद्यपि, तिलगंगा हुँदै रिङरोडमा भने सवारी साधन चल्न पाउने बताइएको छ। हाललाई चक्रपथ क्षेत्रमा सवारीसाधन नरोकिए पनि दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिने बताइएको छ।
यस्तो छ शिवरात्रिको ट्राफिक व्यवस्थापन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।