• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

काठमाडाैं भ्यूटावरका ठेकेदार भेटुवालसहित १७ विरुद्ध मुद्दा दायर, ४० करोडभन्दा धेरै रकम अपचलन गरेको अभियोग

64x64
नेपाल लाइभ मंगलबार, फागुन २५, २०७७  २०:२९
1140x725

काठमाडाैं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक लगानी कोषको रकम दुरुपयोग गरेको अभियोगमा रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सका १७ सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विभिन्न फरक–फरक प्रंसगमा प्रवाह भएको कर्जा दुरुपयोग गरेको अभियोगमा उनीहरुविरुद्ध मंगलबार ११ थान मुद्दा दायर भएको हो। 

अख्तिायरले दर्ता गरेको पहिलो मुद्दामा साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका सञ्चालक छविरमण अधिकारीसमेत ११ जनाविरुद्ध २ करोड १ लाख ९४ हजार ५ सय ५६ रुपैयाँ बिगाे माग गरिएको छ।  

दोस्रो फाइनान्सका सञ्चालक  अधिकारीसमेत १० जनाविरुद्ध ३ करोड ८७ लाख ९४ हजार ७ सय २४ रुपैयाँ बिगो दावी गरिएको छ। तेस्रो मुद्दामा फाइनान्सका सञ्चालक अधिकारीसमेत १३ जनालाई विपक्षी बनाइएको छ। अख्तियारले उनीहरुसँग २ करोड १५ लाख २५ हजार ५ सय ६४ रुपैयाँ बिगाे कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा मुद्दा दायर गरेको छ। 

चौथो मुद्दामा फाइनान्सका सञ्चालक अधिकारीसमेत १२ जनालाई विपक्षी बनाइएको छ। उक्त मुद्दामा ४ करोड ६३ लाख ६८ हजार २ सय ५४ रुपैयाँ बिगाे माग दावी गरेको छ। पाँचौ मुद्दामा फाइनान्सका सञ्चालक अधिकारीसमेत १२ जनालाई विपक्षी बनाइएको छ। उक्त मुद्दामा ४ करोड ३५ लाख ९८ हजार ५ सय ६६ रुपैयाँ बिगाे माग दावी गरिएको छ। 

छैठाैं मुद्दामा फाइनान्सका सञ्चालक अधिकारीसमेत ११ जनालाई विपक्षी बनाइएको छ। उनीहरुविरुद्ध २ करोड ९७ लाख ९१ ह्जार ८ सय ९७ रुपैयाँ बिगाे दावी गरिएको छ। साताै मुद्दामा फाइनान्सका   सञ्चालक  अधिकारीसमेत १७ जनालाई विपक्षी बनाइएको छ। उनीहरुसँग १ करोड ७५ लाख ६७ हजार ८ सय ९४ रुपैयाँ असुल हुनुपर्ने जिकीर गरिएको छ। 

आठौं मुद्दामा फाइनान्सका   सञ्चालक  अधिकारीसमेत १५ जनालाई विपक्षी बनाइएको छ। उनीहरुसँग ११ करोड ११ लाख ५८ हजार ७ सय ७१ असुल हुनुपर्ने दावी गरिएको छ। नवाैं मुद्दामा अख्तियारले फाइनान्सका सञ्चालक अधिकारीसहित १४लाई विपक्षी बनाएको छ। उनीहरुसँग १ करोड ४५ लाख १ हजार ८३  असुल हुुनुपर्ने दावी गरेको छ। 

दशौं मुद्दामा फाइनान्सका सञ्चालक अधिकारीसमेत १० जनालाई विपक्षी बनाइएको छ। उनीहरुसँग ५करोड ८७ लाख ३२ हजार ९ सय १२ बिगाे असुल हुनुपर्ने दावी गरिएको छ। एघारौं मुद्दामा अख्तियारले फाइनान्सका सञ्चालक अधिकारीसहित ११ जनालाई विपक्षी बनाएको छ। अख्तियारले उनीहरुसँग ११ लाख ५४ हजार ७ सय ५ रुपैयाँ असुल हुनुपर्ने दावी गरेको छ। 

अख्तियारले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र बिगाे बराबर जरिवाना हुनुपर्ने भनेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यी हुन भ्रष्टाचार मुद्दा दायर भएका आरोपितहरु 

नागरिक लगानी कोषको समेत लगानी रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. र सो फाइनान्ससमेत मर्ज भै बनेको तत्कालीन एपेक्स डेभलपमेण्ट बैंक लि. घोटलामा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। हाल उक्त बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. मा मर्ज भएको छ । 

नागरिक लगानी कोषको तर्फबाट सञ्चालकमा नियुक्त भै गएका नागरिक लगानी कोषका नवौं तहका कर्मचारी छविरमण अधिकारी सञ्चालक पदमा बहाल रहँदा बैंकिङ्ग प्रक्रियाविपरीत कर्जा प्रवाहमा संलग्न भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

अख्तियारले  रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सका सञ्चालकहरु छविरमण अधिकारी, रिता वादे श्रेष्ठ, लोकेन्द्रमान कर्माचार्य, सुबर्ण राजभण्डारी, बिष्णुप्रसाद धिताल र इच्छा बहादुर गुरुङले दरवारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जाहरुमा कर्जा प्रवाहसम्बन्धी न्यूनतम मापदण्डहरुसमेत नअपनाई अनियमित गरेको आरोपपत्रमा उल्लेख छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

इन्जिनियर नरेश स्वाँरले धितोको मूल्यांकन गरी प्रतिवेदन दिंदा बदनियतपूर्वक भए गरेका कुरा लुकाएको भन्दै अख्तियारले उनलाई पनि विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

अरुणीमा हाउजिङ प्रा.लि. का सञ्चालक रोहित दाहाल र लेखनाथ दाहाल, इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोजकुमार भेटवाल, साविक एपेक्स डेभलपमेण्ट बैंकका सहायक अधिकृत सन्तोष धिताल, अधिकृत सागर न्यौपाने, साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का बरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, बरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट र अधिकृत प्रमोद भट्टराईले प्रतिवादीहरु रिता वादे श्रेष्ठ, लोकेन्द्रमान कर्माचार्य,  सुबर्ण राजभण्डारी, बिष्णुप्रसाद धिताल र इच्छाबहादुर गुरुङलाई पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

सार्वजनिक संस्थाको सम्पत्तिको बदनियत तथा लापरवाही गरी हिनामिना तथा हानिनोक्सानी गर्ने कार्यमा संलग्न भएको पुष्टि हुन आएको अख्तियारको अराोपपत्रमा उल्लेख छ। भ्रष्टाचारको मतियार हुने कसुर गरेको भन्दै अख्तियारले सन्तोष धिताल, सागर न्यौपाने, विकास श्रेष्ठ, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, ऋषिराज भट्ट र प्रमोद भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

मतियारहरुलाई कसुरदारलाई हुने सजायको आधा सजाय तथा रोहित दाहाल, लेखनाथ दाहाल र मनोजकुमार भेटवालले सार्वजनिक संस्थाबाट ऋण रकम लिई लाभसमेत लिएको भन्दै मुल प्रतिवादी सरह कैद सजाय गर्न माग गरेको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने?
सम्बन्धित सामग्री
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंमा पिङ चढ्दा बाल्यकाल फर्किएझैं लाग्छ: विपीन कार्की बच्चा बेलामा पनि म साथीभाइलाई हँसाइरहन्थेँ। सबैको लागि प्रिय थिएँ। हसाउनका लागि धेरै विषय हुन्थे मसँग। मिलनसार थिएँ। सबैको आँखामा पर... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्