• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कुन-कुन मुख्यमन्त्री ‘रेडजोन’मा?

64x64
लिलु डुम्रे मंगलबार, फागुन २५, २०७७  २१:०३
1140x725

काठमाडौं- आइतबारको सर्वोच्च अदालतको फैसलाले अविश्वास प्रस्ताव दर्ता भइसक्दा पनि प्रदेश १ र बागमती सरकारले 'जीवनदान' पाउने भएका छन्। सो प्रदेशमा नेकपा एमालेका तर्फबाट क्रमशः शेरधन राई र डोरमणि पौडेल मुख्यमन्त्री छन्।

त्यस्तै, प्रदेश २ सरकार पनि सुरक्षित नै छ। यहाँ जनता समाजवादी पार्टीको एकल सरकार छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकार ‘रेडजोन’मा पुगेका छन्। तीमध्ये माओवादीका तर्फबाट मुख्यमन्त्री बनेका कर्णालीका महेन्द्रबहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगिन कठिन छ।

प्रदेश १ र बागमतीमा अविश्वास प्रस्ताव दर्ता भए पनि त्यसलाई संसदीय प्रक्रिया अगाडि बढाइएको थिएन। जसले गर्दा प्रदेश १ का मुख्यमन्त्रीहरु राई र पौडेलको पद जोखिने भएको हो।

प्रदेश १ मा प्रतिनिधि सभा विघटन भएको एक सातापछि (पुस १२ मा) अविश्वासको प्रस्ताव दर्ता भएको थियो। अविश्वास प्रस्तावमा ३७ जना सांसद्ले हस्ताक्षर गरेका थिए। माओवादी तर्फका सांसद इन्द्रबहादुर आङ्बो प्रस्तावक भएर अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो। मुख्यमन्त्रीमा माधवकुमार नेपाल पक्षीय प्रदेश सांसद भीम आचार्यलाई प्रस्ताव गरिएको थियो। हस्ताक्षर गर्ने केही सांसद् राईतिरै फर्किएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पार्टी विभाजनतिर अघि बढेको थियो। त्यसको असर प्रदेशमा पनि देखिएको थियो। एकअर्कालाई कारबाहीको सिलसिला चलेको थियो। मुख्यमन्त्री राईले नै प्रचण्ड-माधव पक्षका १५ जनालाई निलम्बन गरेका थिए। प्रतिवादमा उत्रेको प्रचण्ड-माधव पक्षले स्पष्टीकरण माग्दै राईसहित प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ८ जनालाई निलम्बन गरेको थियो।

अविश्वासको प्रस्ताव दर्ता भएपछि दुईपटक बसेको प्रदेश सभा बैठक चैत २ सम्मको लागि स्थगित भएको छ। सत्तारुढ दलको ‘बलमिच्याइँ’ले प्रदेश सभामा अविश्वासको प्रस्तावमाथि छलफल नै हुन सकेन। सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाबाट परिवर्तित राजनीतिक परिदृश्यले मुख्यमन्त्री राईको पद जोगिएको हो।

प्रदेश १ का मुख्यमन्त्री राईसँग अब ५१ सांसदको साथ छ। पूर्वएमालेकै रुपमा राईको अस्तित्व कायम हुँदा उनलाई सुविधायुक्त बहुमत आफ्नै पार्टीबाट भएको छ। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्दछ। कांग्रेसका २१, पूर्वमाओवादीका १५ जना प्रदेश सभामा छन्। जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्रका १/१ प्रदेश सभा सदस्य छन्।

Ncell 2
Ncell 2
nimb
nimb

संविधानको धारा १६८ (१) मा प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। एमालेको एकल बहुमत पुगेको प्रदेश १ लगायतका प्रदेशका मुख्यमन्त्री बाह्य गठबन्धनमार्फत हटाउन असम्भव छ। ‍

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको पद पनि ‘डिल’मा पुगेर बाँचेको छ। एमालेबाट बागमती प्रदेश सभामा ५८ सांसद छन्। प्रदेश सभामा कुल १ सय १० सांसद छन्। बहुमतका लागि ५६ सांसदको आवश्यक पर्छ। एमालेका सांसदकै बलमा पौडेललाई बहुमत पुग्दछ।

बागमती प्रदेशमा प्रमुख प्रतिपक्ष दलको बेञ्च परिवर्तन हुने भएको छ। माओवादी केन्द्रका २३ सांसद भएकाले प्रमुख प्रतिपक्ष दलबाट कांग्रेस तेश्रो स्थानमा पुगेको छ। कांग्रेस २१ जना सांसद छन्। त्यहाँ विवेकशील साझाका ३, मजदुर किसान पार्टी र राप्रपाका २/२ सांसद छन्।

पुस १० मा बागमती प्रदेश प्रमुख पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो। माधवकुमार नेपालनिकट प्रदेश सांसद अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो। पौडेलविरुद्ध परेको अविश्वास प्रस्ताव संसदमा दर्ता भएसँगै प्रदेश सभा बैठक स्थगित गरिएको थियो। पटक-पटक संसद बैठक स्थगित गरिएपछि प्रचण्ड-माधव पक्षका सांसदले अविश्वासको प्रस्तावमाथि छलफल गर्न माग गर्दै नाराबाजीमा समेत उत्रेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एमाले र माओवादी केन्द्र ब्युँतिए पनि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको सरकारलाई प्रभाव पार्दैन। प्रदेश २ मा १०७ प्रदेश सभा सदस्यमा बहुमतका लागि ५४ सांसद आवश्यक पर्दछ। प्रदेशमा जसपाका ५४ सांसद छन्। उक्त संख्या उनका लागि बहुमत पुर्‍याउन पुग्दछ। प्रदेश २ मा एमाले प्रमुख प्रतिपक्ष दलको रुपमा देखिने भएको छ। एमालेका २१, कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्रका १/१ सांसद छन्।

अन्य चार प्रदेशमा सरकार परिवर्तन हुनसक्ने सम्भावना छ।

तत्कालीन नेकपामा विवाद बढ्दै गएर दुई समूह हुँदा पनि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सुरक्षित थिए। ओली पक्षीय सांसदले बहुमत पुर्‍याउन सम्भव भएका उनलाई अविश्वास प्रस्तावको डर थिएन। गण्डकी प्रदेश सभामा कुल ६० जना प्रदेशसभा सदस्य छन्। बहुमतका लागि ३१ सांसद आवश्यक पर्दछ। गुरुङले मुख्यमन्त्री रहिरहनका लागि थप ३ सांसद आवश्यक पर्दछ। गण्डकी प्रदेशमा एमालेका २८ सांसद छन्। कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चा ३ र जसपा २ सांसद छन्।

अविश्वास प्रस्तावको फेस गर्न नपरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पनि तीन सांसद अपुग छन्। लुम्बिनीमा ८७ जना कुल सांसद छन्। बहुमतका लागि ४४ मत आवश्यक पर्दछ। सत्तारुढ एमालेका ४१ का सांसद छन्। लुम्बिनीमा माओवादी केन्द्र प्रमुख प्रतिपक्ष दलमा पुगेको छ। माओवादी केन्द्रका २० सांसद छन् भने कांग्रेसका १९ जना छन्। जसपा ६ र राष्ट्रिय जनमोर्चा १ सांसद छन्।

सर्वोच्च अदालतको फैसला प्रदेश सरकार जोगाउन सर्वाधिक संकट माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेकाहरुलाई हुने देखिन्छ। कर्णाली प्रदेशमा १३ जना सांसद रहेको माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री छन्। एमालेसँग २० सांसद छन्। कुल ४० प्रदेश सभा सदस्य रहेको उक्त प्रदेशमा बहुमत पुर्‍याउन २१ जना आवश्यक पर्दछ।

एमालेलाई बहुमत पुर्‍याउन एक जना मात्रै भए पुग्छ। जबकी, शाहीलाई मुख्यमन्त्री टिकाउन ८ सांसद चाहिन्छ। एमालेले सरकार बनाएको अवस्थामा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र बन्छ। कर्णालीमा कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्। राप्रपाका १ सांसदको सहयोगमा नै एमालेको सरकार बन्न सक्छ।

बदलिँदो घटनाक्रमले संकटको डिलमा पुर्‍याएका अर्का मुख्यमन्त्री हुन्, सूदुरपश्चिमका त्रिलोचन भट्ट। सुदूरपश्चिम प्रदेश सभामा पनि एमालेको उपस्थिति बलियो छ। ५३ प्रदेश सभा सदस्य रहेको यस प्रदेशमा एमालेबाट २५ सांसद छन्। माओवादी केन्द्रका १४ सांसद छन्। भट्टलाई सत्ता टिकाउन १३ सांसद आवश्यक पर्दछ। आवश्यक बहुमत संख्या २७ पुर्‍याउन एमालेलाई २ जना भए मात्रै पुग्छ। एमालेले सरकार बनाउने अवस्था रह्यो भने माओवादी प्रमुख प्रतिपक्ष दल बन्छ। सुदूपश्चिममा कांग्रेसका १२ र जसपाका २ सांसद छन्।

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  २१:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्