काठमाडौं- ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भेटवाललाई पक्राउ गरेको हो।
पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर बनाउने ठेक्का पाएकोमा समयभित्र काम सम्पन्न नगरी घोटाला गरेको भन्दै उनीविरुद्ध ११ थान उजुरी परेको थियो।
सोही प्रकरणमा अख्तियारले भेटवाललाई पक्राउ गरेको हो। उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ताको तयारी भइरहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए।
भेटवालविरुद्ध यसअघि राजश्व छलीको मुद्दा समेत दर्ता भएको थियो। तत्कालीन एपेन्स बैंकमा भएको कर्जा घोटाला प्रकरणमा समेत भेटवाल जोडिएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले यो घटनाको अनुसन्धान गरेर मुद्दा दर्ता गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।