काठमाडाैं– मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई पुन: भेन्टिलेटरमा सारिएकाे छ।
१३ फागुनमा अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा क्रमिक सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको थियो। तर, शनिबार बिहान एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा सारिएकाे उपचारमा संलग्न डा राजीव झाले बताए।
‘भेन्टिलेटरबाट निकालेको २४ घण्टा भइसकेको थियो। बिहान एक्कासी समस्या भएपछि उहाँलाई पुन: भेन्टिलेटरमा सारिएकाे छ,’ उनले भने।
तर अहिले जाेशीकाे ब्लड प्रेसर, हर्ट विट लगायत सबै स्वास्थ्य अबस्था नर्मल नै रहेकाे उनले बताए। उनी अहिले पनि कोमामै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।