काठमाडौं–केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले चितुवाको छालासहित बल्खुबाट चार जनालाई पक्राउ गरेको छ। चितुवाको छाला किनबेच हुन लागेको भन्ने सूचनाका आधारमा खटिएको सिआइबीको टोलीले छालासहित चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा बझाङको जयपृथ्वी नगरपालिका–४ का २४ वर्षीय कृष्णराज उपाध्याय, कैलालीको धनगढी उपमहानगरपालिका–१ का ३२ वर्षीय लोकेन्द्रबहादुर मल्ल, गोरखा नगरपालिका–२ का २० वर्षीय सन्देश बानियाँ र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का १९ वर्षीय सुजन बस्नेत छन्।
पक्राउ परेकाहरुलाई कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको सिआइबीका प्रवक्ता गंगा पन्तले बताइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।