काठमाडौं–राष्ट्रिय सभाकी सांसद कोमल वली नेता रघुजी पन्तविरुद्ध मुद्दा हाल्न अदालत पुगेकी छन्।
गालीबेइज्जतीको मुद्दा दर्ता गर्न आफू काठमाडौं जिल्ला अदालत पुगेको वलीले बताइन्।
गायिका समेत रहेकी वलीले आफूले नेता मानेका पन्तले निच अभिव्यक्ति दिएकाले अदालत वजानुपरेको बताइन्।
एमाले नेता रघुजी पन्तले लामो समयदेखि पार्टीमा योगदान दिएका नेतृले राष्ट्रियसभा सदस्य र केन्द्रीय सदस्य नपाएको तर वलीले विवादित गीत गाएकै आधारमा सांसद बनेको अभिव्यक्ति दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।