काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षामा १० जना प्रहरी खटाइएको छ। इन्सपेक्टरको कमाण्डमा १० जना प्रहरी खटाइएको हो
वार्ताबाट शान्तिपूर्ण राजनीतिमा आएका विप्लवको सुरक्षा व्यवस्था मिलाउनु भनेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट निर्देशन आएसँगै १० जना प्रहरी खटाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए। काठमाडौंको हकमा आफू मातहतका प्रहरी खटिने र त्यो भन्दा बाहिरी जिल्लाको हकमा हेडक्वाटरले नै सुरक्षा व्यवस्था मिलाएको एसएसपी सिंहले बताए।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई विप्लवको सुरक्षा व्यवस्था मिलाउनु भनेपछि प्रशासनले काठमाडौं प्रहरीलाई निर्देशन दिएको थियो। त्यसपछि इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली खटाइएको हो।
प्रतिबन्धपछि सशस्त्र संर्घष गरेको विप्लव नेकपाको नेता कार्याकर्ता छुट्ने क्रममै रहेका छन् । सरकारसँग तीन बुँदे सहमति भएपछि विप्लव नेकपाले शान्तिपूर्ण राजनीति गर्ने बताएको छ । सरकारले २०७५ फागुन २८ गते विप्लव नेकपालाई प्रतिबन्ध लगाएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।