काठमाडाैं–दैलेखको आठबीस नगरपालिका–३ निमाइलकी एक महिला चार छोराछोरी सहित बेपत्ता भएकी छन्। फागुन २३ गते नजिकै रहेको माइती जान भनी हिँडेकी सुकी बडुवालसँगै गएका दुई छोरीको शव कर्णाली नदीमा भेटिएपछि उनले नदीमा हाम फालेको आशंका गरिएको हो।
जिल्ला प्रहरी कार्यालय दैलखका प्रमुख डिएसपी अनुमप श्रेष्ठका अनुसार सोमबार साँझ अछामको पञ्चदेवल विनायक नगरपालिका–४ नजिकै दुई छोरीको शव हात बाँधेको अवस्थामा फेला परेका छ। आमा सहित तीन जना अझै बेपत्ता रहेको र खोजी कार्य जारी रहेको उनको भनाइ छ।
प्रहरीका अनुसार मृत अवस्थामा भेटिनेमा आठवीस नगरपालिका–३ निमाइनका स्थानीय मानसिंह बडुवालका १५ वर्षीया छोरी कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवाल रहेको प्रहरीले जनाएको छ। घटनापछि बेपत्ता सुकीका श्रीमान् थानीय मानसिंह बडुवाललाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछको प्रक्रिया अघि बढाएको दैलेख प्रहरीले जनाएको छ। आमा ३५ वर्षीया सुकीहित १० वर्षीय छोरा ललित बडुवाल र ७ वर्षीया छोरी रजनी बडुवाल बेपत्ता रहेको प्रहरीको भनाइ छ।
सामान्य घरायसी विवादपछि श्रीमतीले छोराछोरी लिएर घरबाट निस्केको मानसिंह बडुवालले बताएको प्रहरीको भनाइ छ। त्यस विषयमा थप अनुसन्धान भइरहेको र सशस्त्र प्रहरी बल तथा स्थानीयको सहयोगमा बेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।