• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ऋषिराम कट्टेलले जित्दा ओली पक्ष किन उत्साहित?

64x64
डिबी खड्का सोमबार, फागुन २४, २०७७  १८:११
1140x725
सर्वोच्चको फैसलापछि रामेछापमा ओली पक्षका कार्यकर्ताले उत्सव मनाउँदै बनाएको सूर्य।

काठमाडाैं- सर्वोच्च अदालतको फैसलापछि साविकको नेकपाका दुई समूहमध्ये केपी शर्मा ओली पक्षमा उत्साह छ भने पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल पक्ष अन्योलमा छ। नाम विवादमा पार्टी एकीकरण नै अवैधानिक ठहरिएको दिनलाई ‘सेलिब्रेट’ गर्नेमा नेकपाको ओली पक्षका मन्त्री र सांसदहरु पनि छन्।

फैसलाको केही समयमै भएको प्रतिनिधि सभा बैठकमा पुगेका सांसद महेश बस्नेतले सभाहलमै सेल्फी खिचेर सगर्व स्टेटस लेखे, ‘नेकपा (एमाले)को सांसदको हैसियतले सदनमा उपस्थित भइएको छ।’

संसद्कै खाजाघरमा तत्कालीन नेकपा एमालेबाटै विजयी सांसद कृष्णकुमार श्रेष्ठ ‘सैं पनि एमाले, मै पनि एमाले’ भन्दै ठट्टा गरिरहेका थिए। त्यही समय काठमाडौंको माइतिघर मण्डल लगायत देशका विभिन्न ठाउँमा ओली पक्षको युवा–विद्यार्थी संगठनले सूर्य चिह्न बनाएर दिपावली गरिरहेका थिए। 

यो माहोलबाट गद्‌गद् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उत्साह बाँड्न सुवासचन्द्र नेम्वाङको शैली सापटी लिए। अरुको भावना प्रस्तुत गरेजस्तै गरी आफ्नै मनमा गुँडुल्किइरहेको खुशी प्रकट गर्दै लेखे, ‘सर्वोच्चको फैसला- सबै खुशी देखिन्छन् त!’

आफ्नो पक्षमा असीम खुशी छचल्किएको देखिएपछि प्रधानमन्त्री ओली सम्हालिएका थिए। उनले आफ्नो सदाबहार शैलीमा आफूनिकट सांसदसँग भनेका थिए, ‘अदालतले हाम्रो पक्षमा होइन, ऋषिराम कट्टेलको पक्षमा फैसला गरेको हो। मेरो त कतै पनि सेटिङ रहेनछ, साथीहरु सेटिङको कुरा गर्थे, त्यतै पो सेटिङ भएछ कि!’

एकतामा थिएन अपनत्व?
नेकपा एमाले र माओवादी केन्द्र एक भएर नेपाल कम्युनिष्ट पार्टी बन्दा नेकपा नेता कार्यकर्ता भन्थे- एशियाकै दोस्रो ठूलो कम्युनिष्ट पार्टी। जिब्रोमै ‘एशियाली मापदण्ड’ झुण्ड्याएर बसेका नेपालीमाझ यो तरंगित पार्ने परिघटना थियो। कम्युनिष्ट आन्दोलनलाई जीवन ठान्नेहरुका लागि गर्वको विषय थियो। तर, ओलीका नेता–कार्यकर्ता एकतामा खुशी थिएनन् भन्ने कुरा ‘अनेकता कायम’ राख्ने सर्वाेच्चले फैसला गरेपछि छचल्किएको छ। 

मोरङमा सोमबार स्थापना गरिएको एमालेको पार्टी कार्यलय।

त्यही फैसलाको केही बेरमै प्रधानमन्त्री ओलीनिकट रहेकी सांसद निरु पालले फेसबुकमै भनिन्, ‘क्या गज्जब भयो।’ नाम एमाले, केपी ओली अध्यक्ष र चुनाव चिह्न सूर्य भएको पार्टी नै उनका लागि प्रिय रहेको उनको सामाजिक सञ्जालमा पोखिएको भावनाले दर्शाउँथ्यो।

राष्ट्रिय सभा सदस्य रहेकी भगवती न्यौपानेलाई पनि ‘प्यारो पार्टी एमाले नै’ थियो। अहिले पनि त्यही छ। जुन उनले आफ्नो फेसबुक स्टेटसमा उल्लेख गरेकी छिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

तीन वर्षमा पनि नेकपाको पार्टी एकीकरण प्रक्रिया टुंगिएको छैन, ध्रुवीकरण प्रक्रिया तीव्र भइरहेकाले त्यो अपुरो एकीकरण इतिहास हुने क्रममा छ। एकीकरणलाई आत्मसात नेकपा नेता–कार्यकर्ताले गर्न नसकेकै कारण यो अवस्था आएको हो। जुट्ने र जुटाउने प्रक्रियामा धेरै विलम्ब भयो, फुट्ने र फुटाउने प्रक्रिया भने तीव्रतर भइरहेको छ।

त्यो प्रक्रियाको अगुवाइ देशकै जिम्मा लिइरहेका मन्त्रीले गरिरहेका छन्। सर्वोच्चको उक्त फैसला कार्यान्वयनका चरणमा पुग्नुअघि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मोरङमा एमालेको पार्टी कार्यालय नै स्थापना गरिदिए। रातारात गृहजिल्ला पुगेर कार्यकर्ता भेला गरेर उनले आफूलाई एमालेमा रुपान्तरण गरे। जबकी उनले प्राप्त गरेको मन्त्रीको हैसियत एमाले र माओवादी केन्द्र एकीकरण भएपछि बनेको हो। 

नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ सेलिब्रेट गर्ने वा कार्यालय स्थापना गर्ने योजना नबनाए पनि नेता कार्यकर्ता आफैं उत्साहित भएर अघि बढेको बताउँछन्। उनले नेपाल लाइभसँग भने, ‘हाम्रो कुनै योजना छैन। निर्देशन छैन। साथीहरु आफैं सक्रिय हुनुभएको हो।’

प्रधानमन्त्री ओली पनि एकताप्रति उति सन्तुष्ट थिएनन्। गठबन्धन गरेर चुनाव लडेर एकता गर्ने निश्चित हुँदा समेत माओवादी केन्द्रले आफूलाई समर्थन नगरेको उनको सुरुवाती बुझाइ हो। अहिले पनि दोहोर्‍याइरहन्छन्, ‘निर्वाचन आयोगबाट मत परिणाम राष्ट्रपति कार्यालय पुर्‍याउँदा समय लगाइयो।’ साढे दुई वर्षको भागबन्डाको सहमतिसमेत ओलीलाई त्यो बेलादेखि नै मन परिरहेको थिएन। 

सत्तारोहणका लागि मात्रै पार्टी एकीकरण गर्नुपरेको प्रधानमन्त्री ओलीका त्यसपछिका व्यवहारले देखाउँथे। प्रचण्डसँग मिलेर प्राप्त गर्न सकिने जति सत्ता र शक्ति हासिल गर्ने तर पार्टी एकता र त्यसले माग गर्ने प्रणालीमा ओलीले कहिल्यै खास रुचि देखाएनन्। जसले एकीकरण खण्डित हुँदा ओली पक्षमा उत्साह छ। ओलीले आफूनिकट सांसदहरुलाई आइतबार नै बालुवाटार बोलाएर भनेका थिए, ‘पार्टी नयाँ शिराबाट सुरु गर्नुपर्छ। फेरि एकीकरण गर्नुपर्छ। पहिलेको जस्तो गरी होइन, यस्तो अप्ठ्यारो नआउने गरी गर्नुपर्छ।’

खुच्चिङ मानसिकता !
चर्चित बलिउड फिल्म थ्री इडिएट्समा मानवीय व्यवहारका विषयमा एउटा संवाद छ- दोस्त फेल होजाए तो दुःख होता है, दोस्त फर्स्ट होजाए तो ज्यादा दुःख होता है (साथी फेल भयो भने दुःखी भइन्छ, साथी प्रथम भयो भने झन् धेरै दुःखी भइन्छ!’

कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताहरु यही मनोभावले ग्रस्त छन्। त्यसैले अर्को कम्युनिष्ट शक्ति र साथीले सत्ता र शक्ति प्राप्त गर्न नसकोस् भन्ने रोगले उनीहरुलाई गाँजेको छ। त्यस्तो हुँदैनथ्यो भने ओली पक्षका नेता–कार्यकर्ता उत्साहित हुनुपर्ने कुनै कारण देखिदैन। किनभने यतिबेला संकटमा प्रचण्ड-माधव त छन्, तर उत्तिकै संकटमा ओली पनि छन्। 

अनेरास्ववियू अध्यक्ष ऐन महरको फेसबुक स्टेटस

प्रचण्ड–माधव पक्षले अविश्वास प्रस्ताव तत्काल अगाडि नबढाउने निर्णय लिएसँगै केही समयका लागि टरेको ओलीको सत्तासंकट सकिएको छैन। अविश्वास प्रस्ताव राख्न नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग साझा मत नबनिरहेका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र मात्रै सरकार ढाल्न प्रशस्त हुने अवस्था आएको छ। माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएकै दिनदेखि ३० दिनभित्र प्रधानमन्त्री ओलीले सरकार जोगाउन विश्वासको मत लिनुपर्ने हुन्छ। 

आफू सानो पार्टी भएर प्रतिपक्षमा पुग्ने स्थितिमा तत्कालीन नेकपाको विद्यार्थी संगठनका संयोजक ऐन महर लेख्छन्, ‘एमाले ब्युँतिएर खुशी छाइरहँदा माओवादी केन्द्र ब्युँतिदा साथीहरु शोक मनाइरहेको किन होला? नियत र हैसियत प्रष्ट भएन र?’ उनले ‘सही पनि एमाले, मै पनि एमाले’ भन्दै सूर्यमा भोट समेत मागेका छन्।  

‘हिपहिप हुर्रे, चुनाव चिह्न सूर्य’ 
नेपाल कम्युनिष्ट पार्टी नेकपा नाम सर्वोच्चले ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीकै कायम ग
र्‍यो। यस विषयमा नेकपाका दुवै पक्षमा विस्मात् छैन। त्यो नामप्रति उनीहरुको खास अपनत्व पनि देखिएन।

दुई पक्षमा विभाजित भएदेखि नै बहसको विषय थियो, सूर्य चिह्न कसले पाउने? जसले सूर्य चिह्न पाउँछ, त्यसतर्फ पूर्वएमालेका तल्लो तहका नेता र कार्यकर्ताहरु हेलिने अनुमान नेताहरुको छ। त्यसैले निर्वाचन आयोगलाई यसको छिनोफानो गर्न सकस परिरहेको थियो। 

यहीबेला पार्टी एकीकरण नै नभएको अवस्थामा सर्वोच्चले पुर्‍याइदियो। एमालेको निर्वाचित अध्यक्ष मात्रै होइन, पार्टी र संसदीय दलमा बहुमत ओलीको छ। जसले गर्दा माधव नेपाल समूहले पार्टी विभाजन गर्न सक्ने अवस्था छैन। विभाजन गरेपनि सूर्य र एमाले प्राप्त गर्दैन।

त्यसैले दिपावली मनाउँदा सूर्यकै तस्बिर अंकित गरिएको छ। पार्टी कार्यालय पुनःस्थापित गर्दा सूर्य अंकित झन्डा नै फहराइएको छ। युवा कार्यकर्ता नारा लगाउँदा पनि भन्न थालेका छन्, ‘हिपहिप हुर्रे, चुनाव चिह्न सूर्य।’

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्