• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
ऋषिराम कट्टेलले जित्दा ओली पक्ष किन उत्साहित?
64x64
डिबी खड्का सोमबार, फागुन २४, २०७७  १८:११
1140x725
सर्वोच्चको फैसलापछि रामेछापमा ओली पक्षका कार्यकर्ताले उत्सव मनाउँदै बनाएको सूर्य।

काठमाडाैं- सर्वोच्च अदालतको फैसलापछि साविकको नेकपाका दुई समूहमध्ये केपी शर्मा ओली पक्षमा उत्साह छ भने पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल पक्ष अन्योलमा छ। नाम विवादमा पार्टी एकीकरण नै अवैधानिक ठहरिएको दिनलाई ‘सेलिब्रेट’ गर्नेमा नेकपाको ओली पक्षका मन्त्री र सांसदहरु पनि छन्।

फैसलाको केही समयमै भएको प्रतिनिधि सभा बैठकमा पुगेका सांसद महेश बस्नेतले सभाहलमै सेल्फी खिचेर सगर्व स्टेटस लेखे, ‘नेकपा (एमाले)को सांसदको हैसियतले सदनमा उपस्थित भइएको छ।’

संसद्कै खाजाघरमा तत्कालीन नेकपा एमालेबाटै विजयी सांसद कृष्णकुमार श्रेष्ठ ‘सैं पनि एमाले, मै पनि एमाले’ भन्दै ठट्टा गरिरहेका थिए। त्यही समय काठमाडौंको माइतिघर मण्डल लगायत देशका विभिन्न ठाउँमा ओली पक्षको युवा–विद्यार्थी संगठनले सूर्य चिह्न बनाएर दिपावली गरिरहेका थिए। 

यो माहोलबाट गद्‌गद् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उत्साह बाँड्न सुवासचन्द्र नेम्वाङको शैली सापटी लिए। अरुको भावना प्रस्तुत गरेजस्तै गरी आफ्नै मनमा गुँडुल्किइरहेको खुशी प्रकट गर्दै लेखे, ‘सर्वोच्चको फैसला- सबै खुशी देखिन्छन् त!’

आफ्नो पक्षमा असीम खुशी छचल्किएको देखिएपछि प्रधानमन्त्री ओली सम्हालिएका थिए। उनले आफ्नो सदाबहार शैलीमा आफूनिकट सांसदसँग भनेका थिए, ‘अदालतले हाम्रो पक्षमा होइन, ऋषिराम कट्टेलको पक्षमा फैसला गरेको हो। मेरो त कतै पनि सेटिङ रहेनछ, साथीहरु सेटिङको कुरा गर्थे, त्यतै पो सेटिङ भएछ कि!’

एकतामा थिएन अपनत्व?
नेकपा एमाले र माओवादी केन्द्र एक भएर नेपाल कम्युनिष्ट पार्टी बन्दा नेकपा नेता कार्यकर्ता भन्थे- एशियाकै दोस्रो ठूलो कम्युनिष्ट पार्टी। जिब्रोमै ‘एशियाली मापदण्ड’ झुण्ड्याएर बसेका नेपालीमाझ यो तरंगित पार्ने परिघटना थियो। कम्युनिष्ट आन्दोलनलाई जीवन ठान्नेहरुका लागि गर्वको विषय थियो। तर, ओलीका नेता–कार्यकर्ता एकतामा खुशी थिएनन् भन्ने कुरा ‘अनेकता कायम’ राख्ने सर्वाेच्चले फैसला गरेपछि छचल्किएको छ। 

मोरङमा सोमबार स्थापना गरिएको एमालेको पार्टी कार्यलय।

त्यही फैसलाको केही बेरमै प्रधानमन्त्री ओलीनिकट रहेकी सांसद निरु पालले फेसबुकमै भनिन्, ‘क्या गज्जब भयो।’ नाम एमाले, केपी ओली अध्यक्ष र चुनाव चिह्न सूर्य भएको पार्टी नै उनका लागि प्रिय रहेको उनको सामाजिक सञ्जालमा पोखिएको भावनाले दर्शाउँथ्यो।

राष्ट्रिय सभा सदस्य रहेकी भगवती न्यौपानेलाई पनि ‘प्यारो पार्टी एमाले नै’ थियो। अहिले पनि त्यही छ। जुन उनले आफ्नो फेसबुक स्टेटसमा उल्लेख गरेकी छिन्। 

Ncell 2
Ncell 2

तीन वर्षमा पनि नेकपाको पार्टी एकीकरण प्रक्रिया टुंगिएको छैन, ध्रुवीकरण प्रक्रिया तीव्र भइरहेकाले त्यो अपुरो एकीकरण इतिहास हुने क्रममा छ। एकीकरणलाई आत्मसात नेकपा नेता–कार्यकर्ताले गर्न नसकेकै कारण यो अवस्था आएको हो। जुट्ने र जुटाउने प्रक्रियामा धेरै विलम्ब भयो, फुट्ने र फुटाउने प्रक्रिया भने तीव्रतर भइरहेको छ।

त्यो प्रक्रियाको अगुवाइ देशकै जिम्मा लिइरहेका मन्त्रीले गरिरहेका छन्। सर्वोच्चको उक्त फैसला कार्यान्वयनका चरणमा पुग्नुअघि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मोरङमा एमालेको पार्टी कार्यालय नै स्थापना गरिदिए। रातारात गृहजिल्ला पुगेर कार्यकर्ता भेला गरेर उनले आफूलाई एमालेमा रुपान्तरण गरे। जबकी उनले प्राप्त गरेको मन्त्रीको हैसियत एमाले र माओवादी केन्द्र एकीकरण भएपछि बनेको हो। 

नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ सेलिब्रेट गर्ने वा कार्यालय स्थापना गर्ने योजना नबनाए पनि नेता कार्यकर्ता आफैं उत्साहित भएर अघि बढेको बताउँछन्। उनले नेपाल लाइभसँग भने, ‘हाम्रो कुनै योजना छैन। निर्देशन छैन। साथीहरु आफैं सक्रिय हुनुभएको हो।’

प्रधानमन्त्री ओली पनि एकताप्रति उति सन्तुष्ट थिएनन्। गठबन्धन गरेर चुनाव लडेर एकता गर्ने निश्चित हुँदा समेत माओवादी केन्द्रले आफूलाई समर्थन नगरेको उनको सुरुवाती बुझाइ हो। अहिले पनि दोहोर्‍याइरहन्छन्, ‘निर्वाचन आयोगबाट मत परिणाम राष्ट्रपति कार्यालय पुर्‍याउँदा समय लगाइयो।’ साढे दुई वर्षको भागबन्डाको सहमतिसमेत ओलीलाई त्यो बेलादेखि नै मन परिरहेको थिएन। 

सत्तारोहणका लागि मात्रै पार्टी एकीकरण गर्नुपरेको प्रधानमन्त्री ओलीका त्यसपछिका व्यवहारले देखाउँथे। प्रचण्डसँग मिलेर प्राप्त गर्न सकिने जति सत्ता र शक्ति हासिल गर्ने तर पार्टी एकता र त्यसले माग गर्ने प्रणालीमा ओलीले कहिल्यै खास रुचि देखाएनन्। जसले एकीकरण खण्डित हुँदा ओली पक्षमा उत्साह छ। ओलीले आफूनिकट सांसदहरुलाई आइतबार नै बालुवाटार बोलाएर भनेका थिए, ‘पार्टी नयाँ शिराबाट सुरु गर्नुपर्छ। फेरि एकीकरण गर्नुपर्छ। पहिलेको जस्तो गरी होइन, यस्तो अप्ठ्यारो नआउने गरी गर्नुपर्छ।’

खुच्चिङ मानसिकता !
चर्चित बलिउड फिल्म थ्री इडिएट्समा मानवीय व्यवहारका विषयमा एउटा संवाद छ- दोस्त फेल होजाए तो दुःख होता है, दोस्त फर्स्ट होजाए तो ज्यादा दुःख होता है (साथी फेल भयो भने दुःखी भइन्छ, साथी प्रथम भयो भने झन् धेरै दुःखी भइन्छ!’

कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताहरु यही मनोभावले ग्रस्त छन्। त्यसैले अर्को कम्युनिष्ट शक्ति र साथीले सत्ता र शक्ति प्राप्त गर्न नसकोस् भन्ने रोगले उनीहरुलाई गाँजेको छ। त्यस्तो हुँदैनथ्यो भने ओली पक्षका नेता–कार्यकर्ता उत्साहित हुनुपर्ने कुनै कारण देखिदैन। किनभने यतिबेला संकटमा प्रचण्ड-माधव त छन्, तर उत्तिकै संकटमा ओली पनि छन्। 

अनेरास्ववियू अध्यक्ष ऐन महरको फेसबुक स्टेटस

प्रचण्ड–माधव पक्षले अविश्वास प्रस्ताव तत्काल अगाडि नबढाउने निर्णय लिएसँगै केही समयका लागि टरेको ओलीको सत्तासंकट सकिएको छैन। अविश्वास प्रस्ताव राख्न नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग साझा मत नबनिरहेका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र मात्रै सरकार ढाल्न प्रशस्त हुने अवस्था आएको छ। माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएकै दिनदेखि ३० दिनभित्र प्रधानमन्त्री ओलीले सरकार जोगाउन विश्वासको मत लिनुपर्ने हुन्छ। 

आफू सानो पार्टी भएर प्रतिपक्षमा पुग्ने स्थितिमा तत्कालीन नेकपाको विद्यार्थी संगठनका संयोजक ऐन महर लेख्छन्, ‘एमाले ब्युँतिएर खुशी छाइरहँदा माओवादी केन्द्र ब्युँतिदा साथीहरु शोक मनाइरहेको किन होला? नियत र हैसियत प्रष्ट भएन र?’ उनले ‘सही पनि एमाले, मै पनि एमाले’ भन्दै सूर्यमा भोट समेत मागेका छन्।  

‘हिपहिप हुर्रे, चुनाव चिह्न सूर्य’ 
नेपाल कम्युनिष्ट पार्टी नेकपा नाम सर्वोच्चले ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीकै कायम ग
र्‍यो। यस विषयमा नेकपाका दुवै पक्षमा विस्मात् छैन। त्यो नामप्रति उनीहरुको खास अपनत्व पनि देखिएन।

दुई पक्षमा विभाजित भएदेखि नै बहसको विषय थियो, सूर्य चिह्न कसले पाउने? जसले सूर्य चिह्न पाउँछ, त्यसतर्फ पूर्वएमालेका तल्लो तहका नेता र कार्यकर्ताहरु हेलिने अनुमान नेताहरुको छ। त्यसैले निर्वाचन आयोगलाई यसको छिनोफानो गर्न सकस परिरहेको थियो। 

यहीबेला पार्टी एकीकरण नै नभएको अवस्थामा सर्वोच्चले पुर्‍याइदियो। एमालेको निर्वाचित अध्यक्ष मात्रै होइन, पार्टी र संसदीय दलमा बहुमत ओलीको छ। जसले गर्दा माधव नेपाल समूहले पार्टी विभाजन गर्न सक्ने अवस्था छैन। विभाजन गरेपनि सूर्य र एमाले प्राप्त गर्दैन।

त्यसैले दिपावली मनाउँदा सूर्यकै तस्बिर अंकित गरिएको छ। पार्टी कार्यालय पुनःस्थापित गर्दा सूर्य अंकित झन्डा नै फहराइएको छ। युवा कार्यकर्ता नारा लगाउँदा पनि भन्न थालेका छन्, ‘हिपहिप हुर्रे, चुनाव चिह्न सूर्य।’

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
देउवाले बोलाए पदाधिकारी बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बालेनकै योजनामा आफूसहित केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्छ भनेर दबाब अभियान चलाइ... बुधबार, असोज २२, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्