काठमाडौं–महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार र एक रेष्टुरेन्ट सञ्चालक ११ लाख रुपैयाँ घुसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले हवल्दार ताराकुमारी श्रेष्ठ र रेष्टुरेन्ट सञ्चालक अनिश जोशीलाई ११ लाख घुससहित आइतबार पक्राउ गरेको हो । हवल्दार श्रेष्ठले ११ लाख रुपैयाँ घुस लिई गौशालामा रहेको वर्ल्ड टाउन क्याफे पब रेष्टुरेन्टका सञ्चालक जोशीलाई राख्न दिएकी थिइन्।
भन्सार चोरी निकासीको आरोपमा पक्राउ परेर महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाई दिन भनी घुस माग गरेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।