काठमाडौं– नेकपा प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य जनार्दन शर्माले सर्वोच्च अदलातको निर्णय कानुनीभन्दा राजनीतिक भएको टिप्पणी गरेका छन्।
संसद भवन नयाँ बानेश्वरमा आइतबार सञ्चाकर्मीसँग कुरा गर्दै शर्माले सर्वोच्च अदालतको फैसलालाई पार्टीमा छलफलमा गरेर एउटा निचोढमा पुगिने बताए।
‘सर्वोच्च अदालतले पार्टीको नाममा निर्णय गर्नु स्वभाविकै थियो होला,’ शर्माले भने, ‘तर पूर्ववत एमाले माओवादी पार्टी हुनुपर्छ भन्ने कुरा कानुनी कुरा नभएर राजनीतिक कुरा भएको महसुस भएको छ। अब नयाँ परिस्थिति आएको छ। पार्टीमा छलफल गर्छौ त्यसपछि निष्कर्ष निकाले अघि बढ्ने छौं।’
अदालतले पूर्व माओवादी एमाले बेग्ला बेग्लै पार्टी हुने फैसलापनि कसरी कार्यन्वयन हुन्छ भन्ने विषयलाई हेर्न बाँकी रहेको शर्माले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।