• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चको फैसलासँगै ओलीको सत्ता संकटमा !

64x64
नेपाल लाइभ आइतबार, फागुन २३, २०७७  १६:३९
1140x725

काठमाडौं- सर्वोच्च अदालतले आइतबार नेकपाको नाम विवादमाथि फैसला सुनाउँदै पूर्वएमाले र माओवादी केन्द्र अलग-अलग पार्टी भएको उल्लेख गरेको छ। सर्वोच्चको यस्तो फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीको तीन वर्षे सत्ता यात्रा पनि संकटमा परेको छ।

अब प्रतिनिधि सभामा पूर्वएमाले र पूर्वमाओवादी केन्द्र छुट्टाछुट्टै दलको रुपमा रहनेछन्। प्रतिनिधि सभामा पूर्वएमालेका तर्फबाट १२१ सदस्य छन्। त्यसमध्ये एक जना सानु शिवाको निधन भएको छ। त्यस्तै, पूर्व माओवादीबाट प्रतिनिधि सभामा ५३ जना सदस्य छन्। सभामुख पूर्वमाओवादीका तर्फबाट अग्नि सापकोटा छन्।

नेकपा गठन गरी एकीकृत भएका एमाले र माओवादी ब्युँतिने अवस्थामा सरकार गठनका लागि एमाले एक्लैको बहुमत पुग्दैन। सरकार गठनका लागि १३८ सिट चाहिन्छ। त्यतिबेला एमाले एक्लैको बहुमत नपुग्ने भएकाले एमाले र माओवादी केन्द्र मिलेर संविधानको धारा ७६ (२) बमोजिम तत्कालीन एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव थिए। सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। र, ओलीले पछि प्रतिनिधि सभामा विश्वासको मत लिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

अब ओलीलाई प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने अवस्था आउनेछ। वा त्यसअघि नै उनीमाथि अविश्वास प्रस्ताव दर्ता हुनसक्छ। बहुमत सिद्ध गर्नका लागि ओलीले नेपाली कांग्रेस वा जनता समाजवादी पार्टी (जसपा)सँग गठबन्धन गर्नुपर्ने हुन्छ। प्रतिनिधि सभामा नेपाली कांग्रेसका ६३ सदस्य छन्। तीमध्ये दुई जना सदस्य निलम्बित छन्। जसपासँग भने प्रतिनिधि सभामा ३४ सदस्य छन्। सो पार्टीका दुई सांसद् निलम्बित छन्।

संविधानको धारा ७६ (१) मा बहुमतप्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै दल रहेको अवस्थामा प्रतिनिधि सभामा कसैको बहुमत पुग्दैन। विकसित पछिल्लो परिस्थिति हेर्दा एमाले र माओवादी तत्काल एउटै पार्टी भइहाल्ने सम्भावना कम देखिन्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

त्यसपछि धारा ७६ (२) अनुसार राष्ट्रपतिले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। अबको सत्ता समीकरण यही प्रावधान अनुसार अघि बढ्ने देखिन्छ।

ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको सम्बन्धलाई हेर्दा उनीहरुबीच गठबन्धन बन्न सक्ने सम्भावना पनि देखिन्छ। तर, सो पार्टीभित्रको शक्ति संघर्षले गर्दा त्यसमा पनि प्रशस्तै जटिलता देखिन्छन्। कांग्रेसभित्र ओलीलाई सहयोग गर्न नहुने मत प्रभावशाली छ। एमालेको पार्टी कमिटीमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष पनि प्रभावशाली नै छन्।

ओलीले जसपासँग गठबन्धन गर्ने सम्भावना भने कम छ। त्यहाँभित्रको पूर्वसमाजवादी घटक ओलीप्रति आक्रामक छ। अहिलेकै स्थितिमा सो पार्टीले ओलीलाई सघाउने सम्भावना पनि कम छ।

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १६:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल
स्थानीय तहका उम्मेदवार कार्यकर्ताको डिजिटल मतदानबाट छानिने, पहुँचका आधारमा टिकट नदिइने
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना
सम्बन्धित सामग्री
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताइन् । भूमिहीन र सहकारीपी... सोमबार, कात्तिक ९, २०८३
स्थानीय तहका उम्मेदवार कार्यकर्ताको डिजिटल मतदानबाट छानिने, पहुँचका आधारमा टिकट नदिइने स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले पार्टीको विधानअनुसार डिजिटल मतदानमार्फत उम्मेदवारको प्रारम्... सोमबार, कात्तिक ९, २०८३
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कात्तिक १२ मा कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार शपथग्रहण कार्यक्रम दिउँसो २ बजे ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा आयोजना हु... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल सोमबार, कात्तिक ९, २०८३
स्थानीय तहका उम्मेदवार कार्यकर्ताको डिजिटल मतदानबाट छानिने, पहुँचका आधारमा टिकट नदिइने सोमबार, कात्तिक ९, २०८३
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना सोमबार, कात्तिक ९, २०८३
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कात्तिक १२ मा सोमबार, कात्तिक ९, २०८३
राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किने, एनपीएलमा पुनः आउने सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्