• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मड्रिड डर्बी : ला लिगामा निर्णायक खेल?

64x64
नेपाल लाइभ आइतबार, फागुन २३, २०७७  १४:४८
1140x725

काठमाडौं– स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिड र तेस्रो स्थानमा रहेको रियल मड्रिडबीच आइतबार राति ९ बजे खेल हुँदैछ। जुन खेलको नतिजाले दुई टिमको अंक तालिकामा मात्र होइन लिगको उपाधिलाई समेत प्रभाव पार्नेछ। 

‘हामी किन लिगको शीर्ष स्थानमा छौँ भन्ने देखाउन चाहन्छौँ,’ यही सिजन बार्सिलोनाबाट एथ्लेटिको गएका स्ट्राइकर लुइस स्वारेजले भनेजस्तो टीमका लागि चुनौतीसँगै शीर्ष स्थानमा बलियो बन्ने अवसर छ। जहाँ रियलले निकाल्ने नतिजाले दोस्रो स्थानमा रहेको बार्सिलोनाका लागि विशेष अर्थ राख्नेछ। 

एथ्लेटिको २०१४ पछि यसै सिजन लिग उपाधि जित्न नजिक पुगेको हो। यस्तोमा रियललाई ला लिगामा पछिल्ला ९ खेल हराउन नसकेको एथ्लेटिकोलाई सहज भने छैन। यी दुईबीचको पछिल्ला ९ खेलमा पाँच खेल बराबरी भएका छन् भने ४ खेल रियलले जितेको छ। यही सिजन भएको पहिलो भेटमा रियलले एथ्लेटिकोलाई २–० ले हराएको थियो। 

पछिल्ला खेलको नतिजामा मात्र होइन मैदानमा गोलमा बढ्ने अवस्थामा पनि एथ्लेटिको पछि नै देखिन्छ। रियलविरुद्ध पछिल्ला तीन खेलमा एथ्लेटिकोले गोल गर्न सकेको छैन। 

पछिल्लो पटक एथ्लेटिकोबाट २०१९ को फेब्रुअरीमा एन्टोनियो ग्रिजम्यानले गोल गरेपछि रियलविरुद्ध गोल गर्न सकेको छैन। 

Ncell 2
Ncell 2

अहिले अंक तालिकामा शीर्ष स्थानमा रहेको एथ्लेटिकोको २४ खेलमा ५८ अंक रहेको छ। दोस्रो स्थानमा रहेको बार्सिलोनाको २६ खेलमा ५६ अंक छ। तेस्रोमा रहेको रियलको २५ खेलमा ५३ अंक रहेको छ। शनिबार राति बार्सिलोनाले ओसासुनालाई २–० ले हराएसँगै मर्डिड डर्बीको नतिजाले लिग थप रोचक हुने देखिन्छ। 

एथ्लेटिको र रियलबीचको खेलमा विशेष गरी मिडफिल्डमा बलमाथिको नियन्त्रण प्रमुख हुनेछ। जसमा रियलका टोनी क्रुस र एथ्लेटिकोका कोकेको खेललाई मिडफिल्डमा निर्णायक हुने अनुमान भइरहेका छन्। दुई टिममा यिनै दुई खेलाडी बलमाथिको नियन्त्रणमा विशेष देखिन्छन्। 

रियलका लागि करिम बेन्जेमा अभ्यासमा फर्किनुले गोलमा बढ्न सक्ने उनको भूमिका महत्वपूर्ण हुनेछ। उनको अवस्था विचार गरेर प्रशिक्षक जिनेदिने जिदानले निर्णय लिनेछन्। यस्तै इडर मिलिटाओ र अल्भारो ओर्डिओजोला पनि अभ्यासमा फर्किएका छन्। सर्जियो रामोस, इडज हाजार्ड, डानी कार्भाजल र मारियानो डियाज भने चोटबाट मैदान फर्किसकेका छैनन्। 

एथ्लेटिकोमा दुई महिना मैदान बाहिर रहेका केरन ट्रिपियर फर्किएका छन्। तर लामो समय बाहिर रहेका उनी खेलमा प्रस्तुत हुने यकिन छैन। कारास्को पनि टिममा फर्कन सक्ने देखिएको छ। तर मारिया गिमेन्ज भने अझै पनि चोटबाट फर्किसकेका छैनन्। 

सबै अवस्थालाई विचार गरिरहेका एथ्लेटिकोका प्रशिक्षक डिएगो सिमोनले उपाधि यात्रा अझ राम्रो भइरहेको बताएका छन्। ‘उपाधि यात्रा थप रोचक भएको छ। दुई उस्तै टिमले उस्तै अवस्थामा एकअर्काविरुद्ध मैदानमा भिड्दै छन्। यो सिजन लिगमा अझ धेरै खेल खेल्न बाँकी नै छ,’ उनले भनेका छन्। 

यस्तै रियलका प्रशिक्षक जिदानले एथ्लेटिकोविरुद्धको खेल फाइनल रहेको तर अरु खेल जस्तै हुने बताएका छन्।

‘अरु खेल जस्तै यो पनि हाम्रा लागि फाइनल हो। हामी जहिले पनि जितमा बढ्न आवश्यक छ। जस्तो नतिजा आए पनि लिग उपाधिको दौडमा हामी रहिरहनेछौँ,’ उनले भनेका छन्।

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १४:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्यमा आज पनि नयाँ रेकर्ड
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण
राष्ट्रिय झन्डा प्रयोगबारे कांग्रेसको परिपत्र : पाखुरा, कम्मर या घाँटीमा बेर्दा अपमान हुन्छ, नगर्नू
सम्बन्धित सामग्री
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
सुनचाँदीको मूल्यमा आज पनि नयाँ रेकर्ड मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
राष्ट्रिय झन्डा प्रयोगबारे कांग्रेसको परिपत्र : पाखुरा, कम्मर या घाँटीमा बेर्दा अपमान हुन्छ, नगर्नू मंगलबार, माघ १३, २०८२
आर्थिक चिन्ता र खाद्य असुरक्षाले चाँडै कमजोर बनाउन सक्छ मुटु : नयाँ अध्ययन मंगलबार, माघ १३, २०८२
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ १२, २०८२
सचिव पौडेलले पाइन् बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी सोमबार, माघ १२, २०८२
४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्