• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘पाखुरामा तागत भइञ्जेल कमाएर जोगाएर राखेको सम्पत्ति खरानी भयो’

64x64
रासस शनिबार, फागुन २२, २०७७  २१:२२
1140x725

ताप्लेजुङ– फुची शेर्पाका आँखाबाट आँशु बग्न रोकिएको छ। परदेखि नै प्रष्ट ठम्याउन सकिन्छ उहाँ रुँदा रुँदै थाकेकी हुन् भनेर। नजिक पुगेर नियाल्दा आँशु गालामा लत्पत्तिएको देखिन्छ। उनका गालामा परेका आँसुका डोभ अझै मेटिएका छैनन्। फुचीका जस्तै दोभानका ६३ परिवारको अवस्था उस्तै छ।

यो घटना हो ताप्लेजुङको मेरिङदेन–३ दोभान बजारको। गत मङ्गलबार बिहान ९ बजे केही छिनमै ६३ परिवार बिचल्लीमा परेको थियो। पुर्खौँदेखि आधा पेट खाएर जोगाएको सम्पत्ति हेर्दा–हेर्दै खारानीमा रुपान्तरण भएको थियो।

बलिरहेको आगो फुङ्लिङ नगरपालिकाको दमकल र पाँचथर फिदिमका दमकलले आगो निभायो। तर, आगो निभेको आज पाँच दिन हुँदै गर्दा पनि फुचीको मनमा आगो बलिरहेको छ। मन भित्रभित्रै जलिरहेको छ। बाजेको पालादेखि आधा पेट खाएर जोगाएको पैसाले बनाएको घर जलेकाले उनको मन पिरोलेको हो।

‘बिहान बेलुका हातमुख जोड्न सक्ने आशा थियो। आज ती आशा निराशा भएको छ। पाखुरामा तागत भइञ्जेल कमाएर जोगाएर राखेको सम्पत्ति खरानी भयो’, उनले भनिन्। धान जलेको खरानी हातले उठाउँदै फुची भनिन्, ‘खाइनखाइ जोहो गरेर राखेको अन्न आज यस्तो भयो।’ 

उनी दिनभरि आफ्नो जलेर खरानी भएको घरको घडेरीमा दिन बिताइन्। घाम अस्ताउँदै जान्छ। विस्तारै अँध्यारो हुँदै जान्छ। अनि उनी अलिक तल सुगुरको खोरमा गएर रात बिताइन्। विभिन्न सङ्घसंस्थाले तथा व्यक्तिले राहत वितरण गर्छन् तर उनी राहत थाप्न पनि जान सकेकी छैनन् । 

गत बिहीबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की आएर राहत वितरण गरे। प्रदेश सरकारले आगलागीबाट पीडित प्रतिपरिवार रु ५० हजार र डेरा गरी बस्ने परिवारलाई रु ३० हजार नगद राहत उपलब्ध गराउने घोषणा गरे। तर, फुची त्यहाँ पुगेनन् । 

गत शुक्रबार पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई आगलागी प्रभावित क्षेत्रमा पुगेका थिए। आगलागी भएको बजारको अवलोकन गरे। सांसद भट्टराईले फुचीलाई सोधे, ‘तपाईँको घर कहाँ थियो’, उनले भनिन्,  ‘यही थियो, अहिले यस्तो भयो।’

शुक्रबार भट्टराईले तत्कालका लागि रु पाँच लाख र  प्रदेश नं १ का प्रदेशसभा सदस्य होमकुमारी साँवाले रु ५० हजार नगद राहत सहयोग हस्तान्तरण गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेशप्रसाद लिम्बूले पनि यहाँका पीडितलाई त्यो घटना भुल्न गाह्रो भएको बताए। शुक्रबार बिहान सञ्जय योङयाङ खरानी भएको आफ्नो घरको घडेरी देखाउँदै भने, ‘अहिलेसम्म दुःख गरेर बनाएको घर र जोगाएर राखेको अन्न पैसा सबै खरानी भयो।’ 

उनले घरदेखि आफूले लगाएको कपडाबाहेक अरु केही निकाल्न पाएन। उनले भने, ‘अब कसरी बाँकी जिन्दगी चलाउने कमाउने उमेर पनि गइसक्यो।’

दोभान बजारका अर्का व्यापारी हुन् लोकेन्द्र अधिकारी। उनले व्यवसाय  सञ्चालन गर्नका लागि बैंकबाट ऋण लिएका थिए। बैंकमा ऋण तिर्न जम्मा गरेको रु १७ लाख आगोमा जलेर खरानी भयो। 

उनले आगोमै १७ तोला चाँदी र ८० हजार केजी अलैँची सहित तीन घर हेर्दाहेर्दै खरानी भयो। उनले भने, ‘मन ठूलो भयो। बैंकबाट ऋण लिएर तीनवटा घर बनाइयो तर आज भएभरका सबै खरानी भयो।’ 

Xtrem

Xtrem

उनको तीन घर जलेर खरानी भयो। बैंकलाई तिर्न जोहो गरेको पैसा खरानी भयो। वर्षौँदेखि आधा खाइनखाइ आर्जन गरेको सम्पत्ति क्षणभरमै खरानीमा रुपान्तरण भयो।

यी पीडा प्रतिनिधिमूलक मात्र हो, यहाँ पीडित हुने ६३ परिवारको कथाव्यथा करुणामय छ, पीडामा डुबेको छ। यसबाट पूर्वतः अवस्थामा आउन निकै समय लाग्ने सहजै अनुमान लगाउन सकिन्छ। 

ताप्लेजुङको दोस्रो ठूलो बजार दोभान हो। दोभान बजार मिक्वाखोला गाउँपालिका, मैवाखो गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकाको व्यापारिक केन्द्र हो।

दोभान बजार ताप्लेजुङको सदरमुकामदेखि करिब आठ किमीे मिटरको दूरीमा पर्छ। आगलागीबाट विस्थापितले व्यापार गरेवापत १३ प्रतिशत नेपाल सरकारलाई राजश्व तिर्दै आएको विस्थापित व्यापारी दीपक धितालले बताए।

अहिले घर व्यवसाय सबै खरानी भएर बिचल्ली भएको अवस्थामा तीन तहका सरकारले सहयोग गर्न राज्यको कर्तव्य भएको धिताल बताए। दोभान व्यापारी केन्द्र भएकाले बजार पुनःस्थापना गर्न नेपाल सरकारले पहल गर्ने सांसद भट्टराईले बताए। उनले भने, ‘आगलागीबाट विस्थापित परिवारलाई सरकारले बिचल्लीमा पर्न दिनेछैन। सरकार आगलागी पीडितलाई पुनःस्थापनाको पक्षमा छ।’ 

बजार विस्तार गर्दा शहरी विकास विभागको मापदण्डअनुसार बस्ती विस्तार गर्न भट्टराईले आग्रह गरे। विस्थापित परिवारको वास्तविकता पहिचान गरेर पठाउनसमेत जनप्रतिनिधि र कर्मचारीलाई भट्टराईले आनुरोध गरे।

मङ्गलबार बिहान दोभान बजारमा भएको आगलागीको घटनाबाट ६३ परिवारको रु ४० करोडभन्दा बढीको सम्पत्ति खरानी भयो।  ताप्लेजुङमा एकपछि अर्को आगलागी घटना थपिँदै जाने क्रम छ। एघार महिनाभित्र विभिन्न क्षेत्रमा आगलागी भएको छ। गत वैशाख १९ गते फुङ्लिङ बजारको बैंक लाइनमा आगलागी हुँदा १२ घर जलेर नष्ट भएको थियो। 

पुस ५ मा  पाथीभरा क्षेत्रमा आगलागी हुँदा १५० हेक्टर वन जलेर नष्ट भएको छ। माघ २० सिरिजङ्घा गाउँपालिकामा आगलागीमा पाँच घर जलेर नष्ट भएको भएको छ।  ताप्लेजुङमा १७ वर्षको तथ्याङ्क  हेर्दा फुङ्लिङ बजारमा मात्र १५२ घर जलेर नष्ट भएको छ। तीन सय ९३ परिवार आगलागीबाट विस्थापित भएका छन्। धेरैजसो आगलागी घटना विद्युत् चुहिएर भएको तथ्याङ्क छ।

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  २१:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज २०, २०८३
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित) मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्