• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘पाखुरामा तागत भइञ्जेल कमाएर जोगाएर राखेको सम्पत्ति खरानी भयो’

64x64
रासस शनिबार, फागुन २२, २०७७  २१:२२
1140x725

ताप्लेजुङ– फुची शेर्पाका आँखाबाट आँशु बग्न रोकिएको छ। परदेखि नै प्रष्ट ठम्याउन सकिन्छ उहाँ रुँदा रुँदै थाकेकी हुन् भनेर। नजिक पुगेर नियाल्दा आँशु गालामा लत्पत्तिएको देखिन्छ। उनका गालामा परेका आँसुका डोभ अझै मेटिएका छैनन्। फुचीका जस्तै दोभानका ६३ परिवारको अवस्था उस्तै छ।

यो घटना हो ताप्लेजुङको मेरिङदेन–३ दोभान बजारको। गत मङ्गलबार बिहान ९ बजे केही छिनमै ६३ परिवार बिचल्लीमा परेको थियो। पुर्खौँदेखि आधा पेट खाएर जोगाएको सम्पत्ति हेर्दा–हेर्दै खारानीमा रुपान्तरण भएको थियो।

बलिरहेको आगो फुङ्लिङ नगरपालिकाको दमकल र पाँचथर फिदिमका दमकलले आगो निभायो। तर, आगो निभेको आज पाँच दिन हुँदै गर्दा पनि फुचीको मनमा आगो बलिरहेको छ। मन भित्रभित्रै जलिरहेको छ। बाजेको पालादेखि आधा पेट खाएर जोगाएको पैसाले बनाएको घर जलेकाले उनको मन पिरोलेको हो।

‘बिहान बेलुका हातमुख जोड्न सक्ने आशा थियो। आज ती आशा निराशा भएको छ। पाखुरामा तागत भइञ्जेल कमाएर जोगाएर राखेको सम्पत्ति खरानी भयो’, उनले भनिन्। धान जलेको खरानी हातले उठाउँदै फुची भनिन्, ‘खाइनखाइ जोहो गरेर राखेको अन्न आज यस्तो भयो।’ 

उनी दिनभरि आफ्नो जलेर खरानी भएको घरको घडेरीमा दिन बिताइन्। घाम अस्ताउँदै जान्छ। विस्तारै अँध्यारो हुँदै जान्छ। अनि उनी अलिक तल सुगुरको खोरमा गएर रात बिताइन्। विभिन्न सङ्घसंस्थाले तथा व्यक्तिले राहत वितरण गर्छन् तर उनी राहत थाप्न पनि जान सकेकी छैनन् । 

गत बिहीबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की आएर राहत वितरण गरे। प्रदेश सरकारले आगलागीबाट पीडित प्रतिपरिवार रु ५० हजार र डेरा गरी बस्ने परिवारलाई रु ३० हजार नगद राहत उपलब्ध गराउने घोषणा गरे। तर, फुची त्यहाँ पुगेनन् । 

गत शुक्रबार पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई आगलागी प्रभावित क्षेत्रमा पुगेका थिए। आगलागी भएको बजारको अवलोकन गरे। सांसद भट्टराईले फुचीलाई सोधे, ‘तपाईँको घर कहाँ थियो’, उनले भनिन्,  ‘यही थियो, अहिले यस्तो भयो।’

शुक्रबार भट्टराईले तत्कालका लागि रु पाँच लाख र  प्रदेश नं १ का प्रदेशसभा सदस्य होमकुमारी साँवाले रु ५० हजार नगद राहत सहयोग हस्तान्तरण गरे। 

Ncell 2
Ncell 2

मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेशप्रसाद लिम्बूले पनि यहाँका पीडितलाई त्यो घटना भुल्न गाह्रो भएको बताए। शुक्रबार बिहान सञ्जय योङयाङ खरानी भएको आफ्नो घरको घडेरी देखाउँदै भने, ‘अहिलेसम्म दुःख गरेर बनाएको घर र जोगाएर राखेको अन्न पैसा सबै खरानी भयो।’ 

उनले घरदेखि आफूले लगाएको कपडाबाहेक अरु केही निकाल्न पाएन। उनले भने, ‘अब कसरी बाँकी जिन्दगी चलाउने कमाउने उमेर पनि गइसक्यो।’

दोभान बजारका अर्का व्यापारी हुन् लोकेन्द्र अधिकारी। उनले व्यवसाय  सञ्चालन गर्नका लागि बैंकबाट ऋण लिएका थिए। बैंकमा ऋण तिर्न जम्मा गरेको रु १७ लाख आगोमा जलेर खरानी भयो। 

उनले आगोमै १७ तोला चाँदी र ८० हजार केजी अलैँची सहित तीन घर हेर्दाहेर्दै खरानी भयो। उनले भने, ‘मन ठूलो भयो। बैंकबाट ऋण लिएर तीनवटा घर बनाइयो तर आज भएभरका सबै खरानी भयो।’ 

उनको तीन घर जलेर खरानी भयो। बैंकलाई तिर्न जोहो गरेको पैसा खरानी भयो। वर्षौँदेखि आधा खाइनखाइ आर्जन गरेको सम्पत्ति क्षणभरमै खरानीमा रुपान्तरण भयो।

यी पीडा प्रतिनिधिमूलक मात्र हो, यहाँ पीडित हुने ६३ परिवारको कथाव्यथा करुणामय छ, पीडामा डुबेको छ। यसबाट पूर्वतः अवस्थामा आउन निकै समय लाग्ने सहजै अनुमान लगाउन सकिन्छ। 

ताप्लेजुङको दोस्रो ठूलो बजार दोभान हो। दोभान बजार मिक्वाखोला गाउँपालिका, मैवाखो गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकाको व्यापारिक केन्द्र हो।

दोभान बजार ताप्लेजुङको सदरमुकामदेखि करिब आठ किमीे मिटरको दूरीमा पर्छ। आगलागीबाट विस्थापितले व्यापार गरेवापत १३ प्रतिशत नेपाल सरकारलाई राजश्व तिर्दै आएको विस्थापित व्यापारी दीपक धितालले बताए।

अहिले घर व्यवसाय सबै खरानी भएर बिचल्ली भएको अवस्थामा तीन तहका सरकारले सहयोग गर्न राज्यको कर्तव्य भएको धिताल बताए। दोभान व्यापारी केन्द्र भएकाले बजार पुनःस्थापना गर्न नेपाल सरकारले पहल गर्ने सांसद भट्टराईले बताए। उनले भने, ‘आगलागीबाट विस्थापित परिवारलाई सरकारले बिचल्लीमा पर्न दिनेछैन। सरकार आगलागी पीडितलाई पुनःस्थापनाको पक्षमा छ।’ 

बजार विस्तार गर्दा शहरी विकास विभागको मापदण्डअनुसार बस्ती विस्तार गर्न भट्टराईले आग्रह गरे। विस्थापित परिवारको वास्तविकता पहिचान गरेर पठाउनसमेत जनप्रतिनिधि र कर्मचारीलाई भट्टराईले आनुरोध गरे।

मङ्गलबार बिहान दोभान बजारमा भएको आगलागीको घटनाबाट ६३ परिवारको रु ४० करोडभन्दा बढीको सम्पत्ति खरानी भयो।  ताप्लेजुङमा एकपछि अर्को आगलागी घटना थपिँदै जाने क्रम छ। एघार महिनाभित्र विभिन्न क्षेत्रमा आगलागी भएको छ। गत वैशाख १९ गते फुङ्लिङ बजारको बैंक लाइनमा आगलागी हुँदा १२ घर जलेर नष्ट भएको थियो। 

पुस ५ मा  पाथीभरा क्षेत्रमा आगलागी हुँदा १५० हेक्टर वन जलेर नष्ट भएको छ। माघ २० सिरिजङ्घा गाउँपालिकामा आगलागीमा पाँच घर जलेर नष्ट भएको भएको छ।  ताप्लेजुङमा १७ वर्षको तथ्याङ्क  हेर्दा फुङ्लिङ बजारमा मात्र १५२ घर जलेर नष्ट भएको छ। तीन सय ९३ परिवार आगलागीबाट विस्थापित भएका छन्। धेरैजसो आगलागी घटना विद्युत् चुहिएर भएको तथ्याङ्क छ।

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  २१:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
शेरबहादुर देउवाले चुनाव नलड्ने मंगलबार, माघ ६, २०८२
आज देशभर उम्मेदवारी दर्ता हुँदै, यी कागजात अनिवार्य मंगलबार, माघ ६, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
डा. प्रकाशशरण महत नुवाकोट-१ बाट चुनाव लड्ने सोमबार, माघ ५, २०८२
उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै रास्वपा तेह्रथुममा सामूहिक राजीनामा सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ४८ एसपीको सरुवा (नामावलीसहित) सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्