काठमाडाैं– दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अरू ४ जना घाइते भएका छन्।
शनिबार साँझ शैल्यशिखर नगरपालिका-८ अमतोलीबाट लेकम गाउँपालिका-४ रिठाचौपातातर्फ जाँदै गरेको ग ३ च १६९३ नं. को जीप लेकम गाउँपालिका–६ उचाकोट बन्स्याडीमा दुर्घटना भएको हो।
दुर्घटनामा सवारी चालक करन नाथसहित शैल्यशिखर नगरपालिका-८ की ७० वर्षीया सुनादेवी पन्त र सोही ठाउँका ४० वर्षीय पदमराज पन्तकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिए।
दुर्घटनामा जीपमा सवार बुद्धिपल्ल्ब पन्त, गंगा पन्त, मुकेश पन्त र वसन्त पन्त घाइते भएका छन्।
घाइतेहरूको अवस्था गम्भीर रहेको सिंहले जानकारी दिए। जीप कच्ची सडकखण्डबाट अन्दाजी सय मिटर तल खसेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।