सांकेतिक तस्वीर
काठमाडाैं– सप्तरीको राजविराजबाट कटुवा पेस्तोलसहित दुईजना पक्राउ परेका छन्।
राजविराज नगरपालिका–६ मेहतर टोलबाट १ थान कटुवा पेस्तोल र २ थान गोलीसहित विष्णुपुर गाउँपालिका–७ बस्ने २० वर्षीय महेन्द्रकुमार शर्मा र सोही गाउँपालिका–५ बस्ने १९ वर्षीय प्रभु साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको प्रहरीले स ७ प ९६७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।