ताप्लेजुङ– निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा ढुंगाले लागेर दुई मजदुरको मृत्यु भएको छ।
शनिबार दिउँसाे मिक्वाखोला गाउँपालिका २ खोक्लिङको थुम्वाबाट फक्ताङलुङ गाउँपालिका १ सावादिन तर्फ सुरुङ खन्ने क्रममा ढुंगाले लागेर उनीहरुकाे मृत्यु भएको हो।
आयोजनाका भूगर्भविद् सूर्य लिम्बुका अनुसार मृत्यु हुनेमा उदयपुरका २२ वर्षका अमर विश्वकर्मा र भोजपुरका सन्तोष बानियाँ रहेका छन्।
सुरुङभित्र पसेका अरु सकुशल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।