काठमाडाैं– नेकपा ओली पक्षको संसदीय दलको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई खेमामा विभाजित भएको छ। शुक्रबार मात्रै प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको थियाे।
यद्यपी ओली पक्षले भने यार् निर्णय नमान्ने जनाएकाे छ। यसका बाबजुद बैठकमा कुनै पक्षको मात्र नभई सबै सांसदलाई निम्तो दिइएको ओली पक्षीय नेकपाका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए।
बैठकमा आइतबार बस्ने प्रतिनिधिसभाको अधिवेशनलाई कसरी प्रभावकारी बनाउने, त्यहाँ आउन सक्ने सम्भावित अजेन्डमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने प्रमुख सचेतक भट्टराइले बताए।
सर्वोच्चले संसद विघटन बदर गरेपछि पहिलो पटक आइतबार संसद बैठक बस्दैछ। प्रचण्ड–माधव समूह प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने गृहकार्यमा जुटिसकेको छ। सम्भावित अविश्वासको प्रस्तावलाई कसरी सामना गर्ने भन्ने विषयमा बैठक केन्द्रित हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।