कैलाली- गैरआवासीय नेपाली संघको दोश्रो मोबाइल ब्लड बैंक बस परियोजनाका लागि अफ्रिकाका प्रख्यात उद्योगपति डा सुधीर रुपारेलियाले दुई लाख पचास हजार रूपैयाँ सहयोग गरेका छन्।
एनआरएनएका पूर्वकोषाध्यक्ष हिक्मत थापाले एनआरएनएले सम्पूर्ण आधुनिक सुविधासहितको घुम्ती ब्लड बैंक बस रक्त संकलनमा सहयोग पुर्याउने लक्ष्यसाथ सञ्चालन गरिने बताए। त्यसैका लागि अफ्रिकाका उद्योगपति डा रुपारेलियाले सहयोग गरेका हुन्।
एनआरएनएले यसअघि चितवन रेडक्रसलाई यस्तै खालको बस हस्तान्तरण गरिसकेको छ भने अबको दोश्रो बस सुदूरपश्चिम प्रदेशका लागि कैलाली रेडक्रस, धनगढीलाई हस्तान्तरण गर्ने योजना बनाएको छ।
युगान्डाका उद्योगपति डा रुपारेलिया पूर्वी अफ्रिकाकै सबै भन्दा धनी व्यक्ति हुन् भने नेपालका तर्फबाट युगान्डाका लागि मानार्थ वाणिज्य दूत पनि हुन्। नेपाल र नेपालीलाई असाध्यै माया गर्ने रुपारेलियाले अफ्रिकाका नेपालीलाई अप्ठ्यारो पर्दा सँधै सहयोग र संरक्षण गर्ने गरेको थापाले बताए।
करिब ६१ लाख कर छुटसहित खरिद मूल्य पर्ने उक्त बसका लागि हाल एनआरएनएले संसारभरबाट सहयोग संकलन जुटाइरहेको छ। एनआरएनहरु, सहयोगी दाताहरु विशेषत: डायस्पोरामा रहेका सुदूरपश्चिम समाजहरु यस अभियानमा क्रियाशील छन्।
हालसम्म बीस लाख भन्दा बढीको सहयोग प्रतिबद्धता जुटिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।