• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत २६, २०८२ Thu, Apr 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

म्यान्मारको सेनालाई चीनले साथ दिएको आशंका

64x64
नेपाल लाइभ शनिबार, फागुन २२, २०७७  १५:१५
1140x725

काठमाडाैैं– म्यान्मारमा सैन्य कूविरुद्ध प्रदर्शन गरिरहेका प्रजातन्त्र पक्षधरले चीनले आन्दोलन दबाउन खोजेको आरोप लगाएका छन्।म्यान्मारको सेनालाई चीनले साथ दिएको आशंका व्यक्त गर्दै उनीहरुले शनिबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेको म्यान्मार नाउले जनाएको छ।

समाचारमा जनाइएअनुसार ‘चीनमाथि लाज लाग्छ’ भन्ने नाराका साथ दर्जनौं युवाहरूले यांगोनमा रहेको चिनियाँ दूतावास बाहिर भेला भए बेइजिङले म्यान्मारमा सैन्य तानाशाहीलाई समर्थन गरेको भन्दै विरोध गरेका हुन्।

प्रदर्शनकारीहरूले हस्तनिर्मित र छापिएको प्लेटकार्ड बाेकेका थिए, जसमा ‘चीन सरकार सेनालाई सहयोग गर्न रोक’ भन्ने नारा लेखिएकाे थियाे।

एउटा प्लेकार्डले लेखिएको थियो,‘सेनालाई सहयोग गर्न रोक्नुहोस्, म्यान्मारकाे सैन्य तानाशाही भनेको ‘मेड इन चाइना’ हो।

प्रदर्शनमा सहभागी मे प्यु भन्छन्,‘हामीलाई थाहा छ चीन सरकारले यहाँको सेनालाई साथ दिएकाे छ र दिन्छ। चीनले हाम्रो भोटको सम्मान गर्नुपर्छ, चीनले हाम्राे आन्तरिक मामिलामा हस्तक्षेप गर्न हुँदैन।’

उनले म्यान्मारका सेनाले पनि ब्यारेकमा गएर आफ्नो काम गर्नुपर्ने बताएका छन्। नोभेम्बर २०२० को चुनावमा नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत हासिल गरेको थियो। तर निर्वाचनमा धाँधली गरेको भन्दै सेनाले फेब्रुअरी १ ​​मा म्यान्मारमा विद्रोह गर्‍यो।

सेनाले एनएलडीको प्रजातान्त्रिक तवरले चुनिएको सरकारलाई पनि खारेज गरेर सत्ता कब्जामा लिएको थियो। यसका साथै सेनाले नेतृ आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहित शीर्ष नेताहरुलाई नजरबन्दमा राखेको थियो। सेनाले एकवर्ष पछि आम निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्ने बताएको छ।

त्यसयता म्यान्मारमा सैन्य शासनविरुद्ध आन्दोलन जारी छ। जारी आन्दोलनमा मृत्यु हुनेको संख्या ६० भन्दा बढी पुगेको छ।उनीहरुमाथि सेना तथा प्रहरीले गोली चलाएका हुन्।  यस दौरान एकैदिन आइतबार १८ र बुधबार ३८ जनाको सेना तथा प्रहरीले गोली हानेर ज्यान लिएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

सेभ द चिल्ड्रेनका अनुसार बुधवार मारिनेमा १४ र १७ वर्षका किशोरसमेत छन्। एक जना १९ वर्षीया युवती पनि मारिएको उसले जनाएकाे छ। यता म्यान्मारका छिमेकी देशहरुले संयम अपनाउन आग्रह गरिरहेकन छन्। जुन्ता सरकार भने झन झन हिसात्मक हुँदै गएकाे छ।

देशका विभिन्न भागमा सुरक्षा फौजले पत्रकारहरु र नागरिक समाजका व्यक्तिहरुलाई पनि धरपकड गरेको छ। यता आन्दोलन दबाउन उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको र रबरको गोली र अश्रुग्यास प्रहार गरिएको छ। 

रिपाेर्टिङ गरिरहेकाे पत्रकारलाई पनि नियन्त्रणमा लिएकाे छ।  पश्चिमा मुलुकहरुले म्यान्मारका सैनिक नेतृत्वमाथि प्रतिबन्धहरु घोषणा गरेका छन्। अमेरिका, संयुक्त राष्ट्रसंघ लगायत विश्वभरबाट सैन्य कूको विरोध भइरहेको छ।

यता मंगलबार आसियन क्षेत्रका मुलुकका विदेशमन्त्रीहरुको बैठक बसेको थियो। उक्त बैठकमा विदेशमन्त्रीहरुले संयमता अपनाउन सबै पक्षलाई आग्रह गरेका थिए। 

तर, यो बैठकमा हिरासतमा लिइएकी प्रजातन्त्रवादी नेतृ सु चीको तत्काल रिहाइ र प्रजातन्त्रको पुनर्बहालीको विषयमा भने सहमति जुट्न सकेन।

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्रीलाई मातृशोक
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक सम्पन्न
सम्बन्धित सामग्री
इरान-अमेरिकाबिच युद्धविराम: स्थायी शान्तिका लागि इस्लामाबादमा वार्ता तय उक्त योजनामा रणनीतिक, आर्थिक र सुरक्षासम्बन्धी मुख्य मागहरू समेटिएका छन् । बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो देशमा इरानबाट मिसाइल र ड्रोन आक्रमण भइरहेको पुष्टि गर... बुधबार, चैत २५, २०८२
इरान र अमेरिकाबिच दुई हप्ते युद्धविरामको सहमति मेहर न्युज एजेन्सीका अनुसार इरानको सर्वोच्च सुरक्षा परिषदले अमेरिकासँग दुई साताको युद्धविराम भएको पुष्टि गरेको छ । पाकिस्तानको मध्यस... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन बुधबार, चैत २५, २०८२
कोशी प्रदेशका मुख्यमन्त्रीलाई मातृशोक बुधबार, चैत २५, २०८२
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक सम्पन्न बुधबार, चैत २५, २०८२
मानव इतिहासमा सबैभन्दा टाढाको यात्रा सम्पन्न बुधबार, चैत २५, २०८२
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुन’ आग्रह बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्