• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

लिभरपुललाई कठिन बनेको प्रिमियर लिग

64x64
नेपाल लाइभ शनिबार, फागुन २२, २०७७  १४:५१
1140x725

काठमाडौं- इंग्लिस प्रिमियर लिगमा गएको सिजनको विजेता लिभरपुलका लागि यो सिजन अवस्था सुखद भइरहेको छैन। परिस्थिति विरोधाभाषपूर्ण देखिएको छ। उपाधि रक्षाको उपहास हुने गरी टिमको अवस्था लज्जास्पद बनिरहेको छ। शीर्ष चारभित्र रहन नै संघर्ष गर्नुपर्ने देखिएको छ।

बिहीबार राति चेल्सीसँग १-० ले हारेको खेलपछि लिभरपुल डिफेन्डर एन्डी रोबर्टसनले भनेका छन्, ‘हामी इतिहासमा भर परेर बस्ने अवस्था छैन।’ हुन पनि चेल्सीसँगको हार लिभरपुलले घरेलु मैदानमा हारेको लगातार पाँचौँ खेल थियो। जुन क्लब इतिहासमा कहिल्यै भएको थिएन। यसैले लिभरपुलमा अहिले आवाज उठिरहेको छ, ‘परिवर्तनको खाँचो देखियो।’ 

३० वर्षको पर्खाइले गएको वर्ष लिभरपुलले जितेको लिग उपाधि विशेष बनेको थियो। त्यसअघिको सिजन च्याम्पियन्स लिगको जितले योर्गेन क्लोपको प्रशिक्षणमा लिभरपुल शक्तिशाली अवस्थामा फर्किएको प्रमाणित भएको थियो। अहिलेको सिजनमा भने लिभरपुलले जस्तो खेल देखाइरहेको छ त्यसले फर्किएको विजेता छबिमा धक्का लागिरहेको छ। 

अब प्रिमियर लिगको उपाधिमा म्यानचेस्टर सिटीले अरु क्लबसँग भेटाउन मुस्किल देखिने अन्तर बनाउँदै गइरहेको छ। यसैले बहस शीर्ष चारमा म्यानचेस्टर सिटीसँगै अरु कुन क्लब होला भन्नेमा केन्द्रित देखिन्छ। जसमा लिभरपुलको अवस्था भने थप कठिन बनिरहेको देखिन्छ।

अंक तालिकामा शीर्ष स्थानमा रहेर २७ खेल खेलेको म्यानचेस्टर सिटीको ६५ अंक रहेको छ। समान खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ५१, लेस्टर सिटीको ५० र चेल्सीको ४७ अंक रहेको छ। ११ खेल बाँकी रहँदा शीर्षमा १४ अंककै भिन्नता भइसकेकाले र म्यानचेस्टर सिटी लयमा देखिएकाले प्रतिस्पर्धा शीर्ष चारमा पर्न नै हुने देखिन्छ।

२६ खेलमा ४६ अंक रहेको इभर्टन पाँचौँ स्थानमा छ। वेस्टहामको २६ खेलमा ४५ अंक रहेको छ। सातौँ स्थानमा रहेको लिभरपुलको २७ खेलमा ४३ अंक रहेको छ। त्यसपछि टोटनह्यामको २६ खेलमा ४२ अंक छ। प्रतिस्पर्धामा रहन सक्ने अरु टिमको अंक गुमिरहँदा म्यानचेस्टर सिटी जितको निरन्तरतामा छ। 

गएको सिजनको विजेता टिमका रुपमा यो सिजन लिभरपुलको खेल सोचे अनुरुप हुन सकेको छैन। डिफेन्समा देखिएको समस्याले लिभरपुलाई खेलमा फर्कन कठिन भइरहेको छ। तर, लिभरपुल गएका केही सिजनदेखिको खेल हेर्दा जुनसुकै बेला लयमा फर्कन सक्ने टिमका रुपमा हेरिन्छ। 

गएको सिजन तेस्रो र चौंथो स्थानमा रहने टिमको निक्योल लिगको अन्तिम दिन अघिसम्म लागेको थिएन। म्यानचेस्टर युनाइटेड तेस्रोमा र चेल्सी चौंथो रहेर लिग सकाउँदा लेस्टर पाँचौँमा पुगेको थियो। यो वर्ष पनि उसैगरी शीर्षमा पर्ने प्रतिस्पर्धा लिगको अन्तिमसम्म हुने देखिन्छ। अहिलेको अवस्थामा लिभरपुल त्यही अन्तिमसम्मको भिडन्तमा पुग्नुपर्ने देखिइरहेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

लिभरपुलमा चोटले पारेको असरबारे धेरैपटक नै कुराकानी भइसकेको छ। चोट हारमा लिभरपुलका लागि एउटा कारण भने अवश्य हो। तर, अब त्यही अवस्थाले मात्र पछि परेको तर्क गर्न सक्ने स्थिति लिभरपुलका लागि उपयुक्त देखिँदैन। त्यसबाहेक मैदानमा देखिएको कमीलाई विचार गर्नैपर्छ। 

सन् १८९२ देखि १९९२ सम्म इंग्ल्याण्डको माथिल्लो डिभिजनलाई ‘फुटबल लिग फस्ट डिभिजन’का नामले चिनिन्थ्यो। जसमा १९००–०१ मा लिभरपुलले पहिलो उपाधि जितेको थियो। त्यसपछि १९०५–०६, १९२१–२२, १९२२–२३ लिग जित्यो। १९३९ देखि दोस्रो विश्वयुद्धका कारण रोकिएको लिग १९४६–४७ को सिजनमा हुँदा उपाधि लिभरपुलले नै जितेको थियो। 

त्यसपछि भने लिभरपुलले उपाधि जित्न १७ वर्ष पर्खनुपर्‍यो। १९६३–६४ को सिजनमा र त्यसपछि १९६५–६६, १९७२–७३ मा उपाधि जितेको लिभरपुलले त्यसपछिको लामो समय एकछत्र राज गरेजस्तो भयो। १९७५–७६, १९७६–७७, १९७८–७९, १९७९–८०, १९८१–८२, १९८२–८३, १९८३–८४, १९८५–८६, १९८७–८८ हुँदै १९८९–९० मा लिभरपुलले १८ पटक उपाधि जितिसकेको थियो।

गएका केही सिजनदेखि चेल्सी र म्यानचेस्टर युनाइटेडको पुरानो अधिपति हराइरहेकै देखिन्छ। भलै चेल्सीले फुटबल बजारमा ठूलो रकम खर्च गरेको होस्। पछिल्लो पटक नयाँ प्रशिक्षक थोमस टचेल आएदेखि चेल्सीमाथिको भरोसा भने बढिरहेको छ। लिगमा अहिले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले उही गतिमा खेल देखाउन सकेको छैन। त्यसमा सुधार होला, तर अहिले उनीहरु म्यानचेस्टर सिटीलाई उछिन्ने अवस्थाबाट निकै पछि देखिन्छन्।

चेल्सीले पछिल्लो पटक लिग जितेको सन् २०१६–१७ को सिजनमा हो। जतिबेला टोटनह्याम दोस्रो र म्यानचेस्टर सिटी लिगको तेस्रो स्थानमा रहेका थिए। म्यानचेस्टर युनाइटेडले २०१२–१३ को सिजनपछि लिग जितेको छैन। जतिबेला म्यानचेस्टर सिटी दोस्रो र चेल्सी तेस्रो स्थानमा रहेका थिए। 

सन् १९३६–३७ मा पहिलो लिग जितेको म्यानचेस्टर सिटीले दोस्रो लिग उपाधि १९६७–६८ मा थियो। आधुनिक विश्व फुटबलमा २०११–१२ मा आएर बल्ल उपाधि जितेको म्यानचेस्टर सिटीले त्यसयताका वर्ष आफूलाई प्रिमियर लिगमा बलियो टिमका रुपमा लगातार प्रस्तुत गरिरहेको छ। २०१३–१४ र प्रशिक्षक पेप गार्डिओलाकै समयमा २०१७–१८ र २०१८–१९ मा लगातार लिग विजेता बन्नुले पनि सिटी यो दशक प्रिमियर लिगमा बलियो टिम हो। 

यस्तोमा ३० वर्षपछि लिगको उपाधि जितेर प्रिमियर लिगको शीर्ष अवस्थामा फर्किएको लिभरपुलका लागि भने विजेता बनेपछिको सिजन नै कठिन देखिएको छ। यसैले त रोबर्टसनले भनेका हुन्, ‘हामी इतिहासमा भर परेर बस्ने अवस्था छैन।’

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  १४:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित]
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी शुक्रबार, वैशाख २५, २०८३
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित] शुक्रबार, वैशाख २५, २०८३
अभ्यास सिरिजमा नेपाल ‘ए’को लगातार दोस्रो जित, स्कटल्यान्डपछि अमेरिका ३ विकेटले पराजित शुक्रबार, वैशाख २५, २०८३
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्