कैलाली- कैलालीको धनगढीस्थित चटकपुरमा रहेको आलोक मल्टि कन्सर्न फर्निचर उद्योगमा भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको छ।
मध्याह्न १२ बजेतिर आगलागी भएको थियो। धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको दमकल, नेपाली सेना, प्रहरी र स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो।
करिब तीन करोड रुपैयाँ लगानीका फर्निचर उद्योग सञ्चालन गरिएको थियो। यद्यपि, अझै पनि औपचारिक रुपमा उद्घाटन भइसकेको छैन। उद्घाटन नहुँदै तीन करोड लगानीको फर्निचर उद्योग खरानी बनेको सञ्चालक भोजराज भट्टले बताए।
आगलागीको कारण अहिलेसम्म खुलिसकेको छैन। सञ्चालक भट्ट फर्निचरकै कामले भारतको नयाँ दिल्लीमा रहेका बेला यता आगलागी भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।