कैलाली- संचालनको तयारीमा रहेको धनगढीस्थित् एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ।
धनगढी उपमहानगरपालिका-४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालिमा शनिबार आगलागी भएको हो।
नेपाल आयल निगम नजिकै रहेको उक्त फर्निचर शोरुममा लागेको आगो अझै नियन्त्रणमा आएको छैन। धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास गरिराखेका छन्।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले समेत आगो निभाउने प्रयास गरिरहेका छन्। प्रालिका संचालक भोजराज भट्ट फर्निचरकै कामका लागि भारतको दिल्लीमा रहेका छन्।
आगो कसरी लाग्यो भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलगीबाट करिब ३ करोड बराबरको क्षति भएको सञ्चालक भट्टले बताए। उद्योग सञ्चालनमा नआउँदै आगलागी भएको हो।

आगलागी हुनुभन्दा पहिले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।